काठमाडौं उपत्यकामा १९ सय १२ जनामा कोरोना संक्रमण पुष्टि « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बीमा

काठमाडौं उपत्यकामा १९ सय १२ जनामा कोरोना संक्रमण पुष्टि



काठमाडौँ ।काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा १९१२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँका १५६७ जना, भक्तपुरका १२२ जना र ललितपुरका २२३ जना गरी १९१२ जना कोरोना संक्रमित भेटिएका हुन् ।

सोमबार मात्रै देशभर ३५६५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यससँगै कोरोना संक्रमितको कुल संख्‍या ३ लाख ३ हजार ५६१ पुगेको हो ।

प्रकाशित : १३ बैशाख २०७८, सोमबार १७:२९