मेगा बैंकको नाफा ३५ प्रतिशतले बढ्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

बैंक / वित्त

मेगा बैंकको नाफा ३५ प्रतिशतले बढ्यो



काठमाडौं । मेगा बैंकको नाफा ३५ प्रतिशतले बढेको छ । बैंकले चालु आर्थिक वर्षको चैत मसान्त्सम्ममा १ अर्ब ९७ करोड रुपैयाँ खुद नाफा कमाएको छ । बैंकले गत आर्थिक वर्षको तेस्रो त्रैमासमा १ अर्ब ४५ करोड १० लाख रुपैयाँ नाफा कमाएको थियो । यो ३५.९५ प्रतिशतले बढेको हो ।

बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण अनुसार बैंकको खुद ब्याज आम्दानी समेत उकालो लागेको छ ।बैंकको खुद ब्याज आम्दानी २८ प्रतिशतले बढेर ४ अर्ब ८ करोड रुपैयाँ पुगेको छ । त्यस्तै बैंकको सञ्चालन नाफा पनि ३३ प्रतिशतले उकालो लागेको छ ।

नाफा संगै अन्य सुचक बढेपनि बैंकको प्रतिशेयर आम्दानी भने बढेको छैन । बैंकको प्रतिशेयर आम्दानी १८ रुपैयाँ छ भने प्रतिशेयर नेटवर्थ १३६ रुपैयाँ रहेको छ ।

बैंकको वितरणयोग्य नाफा पनि ४५ करोडबाट बढेर १ अर्ब २९ करोड रुपैयाँ पुगेको छ ।बैंकको चुक्ता पूँजी १४ अर्ब ६५ करोड रुपैयाँ पुगेको छ । त्यस्तै बैंकको निक्षेप संकलन पनि ४ प्रतिशतभन्दा धेरैले उकालो लागेको छ ।

प्रकाशित : १५ बैशाख २०७८, बुधबार १२:३१