सिटिजन्स बैंकको ५५ प्रतिशत हकप्रद सेयर बिक्री खुला « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

सिटिजन्स बैंकको ५५ प्रतिशत हकप्रद सेयर बिक्री खुला



काठमाडौं।  सिटिजन्स बैंकले ५५ प्रतिशत हकप्रद सेयर आइतबारदेखि बिक्री खुला गरेको छ ।  यो हकप्रदमा साउन ९ सम्म आवेदन दिन पाइनेछ । लगानीकर्ताले ग्लोबल आइएमई क्यापिटल लिमिटेड, नाचघर र सिटिजन्स बैंक इन्टरनेसनको मुख्य कार्यालयसहित कुनै पनि शाखा कार्यालयबाट आवेदन फारम लिन र बुझाउन सक्ने व्यवस्था गरिएको छ ।
citizen-bank-limited
बैंकले चुक्ता पुँजी वृद्धि गर्न १० : ५.५ अनुपातमा हकप्रद सेयर बिक्री गर्न लागेको हो । बैंकले एक सय रूपैयाँ अंकित मूल्यमा हकप्रद जारी गरेको हो ।  ग्लोबल आइएमई क्यापिटल तथा सिटिजन्स बैंकमा पुगेर आवेदन नदिने लगानीकर्ताले हकप्रद सेयर बिक्री बन्द हुनुभन्दा अघिको मितिमा ग्लोबल आइएमई क्यापिटल लिमिटेडको नाममा खिचिएको एकाउन्टपेयी ड्राफ्ट तथा आवेदन फारम सीधै हुलाक वा कुरियरका माध्यमबाट पठाउन सकिनेछ ।  हकप्रद सेयर बिक्री बन्द भएको सात दिनपछि प्राप्त ड्राफ्ट तथा आवेदनलाई सेयर बाँडफाँटमा समावेश नगरिने बैंकले जानकारी दिएको छ ।

प्रकाशित : ५ असार २०७३, आईतवार १४:०४