सीईडीबी हाइड्रोपावरको आइपिओ आजदेखि खुल्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

शेयर बजार

सीईडीबी हाइड्रोपावरको आइपिओ आजदेखि खुल्यो



काठमाडाै । सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको साधारण सेयर (आइपिओ) आज (वैशाख १७ गते, शुक्र बाह्रदेखि) निष्कासन तथा बिक्री खुल्ला भएको छ ।

कम्पनीको १०० रुपैयाँ अङ्कित दरका कूल २५ करोड १८ लाख २३ हजार रुपैयाँ बराबरको २५ लाख १८ हजार २३० कित्ता आइपिओ वैशाख १७ गतेबाट निष्कासन तथा बिक्री खुल्ला गरिएको हो ।

 
आइपीओको कूल कित्तामध्ये २ प्रतिशतले हुन आउने ५० हजार ३६५ कित्ता सेयर कर्मचारीका लागि, ५ प्रतिशतले हुन आउने १ लाख २५ हजार ९११ कित्ता सेयर सामूहिक लगानी कोषका लागि र बाँकी २३ लाख ४१ हजार ९५४ कित्तामा सर्वसाधारणको लागि छुटाइएको छ । 


उक्त आइपीओमा लगानीकर्ताहरूले न्यूनतम १० कित्ता र अधिकतममा २५ लाख १८ हजार २३० कित्ताका लागि आवेदन दिन सक्नेछन् । 


लगानीकर्ताहरूले नेपाल धितो पत्रबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सी–आस्बा सदस्य बैङ्क तथा वित्तीय संस्थाहरू र तिनका तोकिएका शाखाहरूबाट आवेदन दिन सकिनेछ। 


लगानीकर्ताहरूले उक्त आइपिओमा निष्कासन छिटोमा वैशाख २१ गते र ढिलोमा वैशाख ३१ गतेसम्म आवेदन दिन सक्नेछन् । 


उक्त आइपिओ सर्वसाधारणमा निष्कासन गर्न बिक्री प्रबन्धकको काम  सनराइज क्यापिटल लिमिटेडले गर्नेछ ।

प्रकाशित : १७ बैशाख २०७८, शुक्रबार ११:५६