६ कम्पनीको ४३ लाख ८१ हजार कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

६ कम्पनीको ४३ लाख ८१ हजार कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत



काठमाडाै । कुमारी बैंक लिमीटेड लगायतका ६ कम्पनीहरुको ४३ लाख ८१ हजार कित्ता बोनस सेयर नेप्सेमा आइतबार सूचिकृत भएको छ ।

अब यी कम्पनीहरुको बोनस सेयरलाई सेयरधनीले बिक्री गर्न सक्नेछन् ।  नेपाल स्टक एक्सचेञ्जका अनुसार कुमारी बैंकको २६ लाख ७२ हजार ५२ कित्ता बोनस सेयर सूचिकृत भएको छ । २०७२ फागुन २८ गते सम्पन्न कुमारी बैंकको १५ औं वार्षिक साधारणसभाले अघिल्लो आर्थिक वर्षको नाफाबाट लगानीकर्तालाई ११ प्रतिशत बोनस दिने प्रस्ताव पारित गरेको थियो ।

नेरुडे लघुबित्त विकास बैंक लिमीटेडको समेत ५ लाख ५० हजार बोनस सेयर सूचिकृत भएको छ । २०७२ पुस २९ गते सम्पन्न यो बैंकको नवौं वार्षिक साधारणसभाले अघिल्लो आर्थिक वर्षबाट आफ्ना सेयरधनीलाई ४४ प्रतिशत बोनस सेयर दिने प्रस्ताव पारित गरेको थियो ।

यसैगरी, एनएमबी माइक्रोफाइनान्स बित्तीय संस्था लिमीटेडको पनि ६० हजखर कित्ता बोनस सेयर पनि आइतबारदेखि नै बिक्रीका लागि सूचिकृत भएको छ ।

माउण्ट मकालु डेभलपमेन्ट बैंक लिमीटेडको ६० हजार कित्ता बोनस सेयर पनि सूचिकृत भएको नेप्सले जनाएको छ । बैंकको २०७२ पुस १० गते सम्पन्न ५ औं साधारणसभाले अघिल्लो आर्थिक वर्षको नाफाबाट आफ्ना सेयरधनीलाई ३० प्रतिशत बोनस सेयर दिने प्रस्ताव पारित गरेको थियो ।

यस्तै, ज्योति विकास बैंक लिमीटेडको पनि ७ लाख ६२ हजार ५ सय ३ कित्ता बोनस सेयर आइतबारदेखि नेप्सेमा सूचिकृत भएको छ । यो बैंकको २०७२ पुस १० गते सम्पन्न ८ औ वार्षिक साधारणसभाले अघिल्लो आर्थिक वर्षको नाफाबाट आफ्ना सेयरधनीलाई ९ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको थियो ।

यसैगरी, एकता विकास बैंक लिमीटेडको २ लाख ७७ हजार ४ सय कित्ता बोनस सेयर पनि नेप्सेमा सूचिकृत भएको छ । बैंकको २०७२ पुस ३० गते सम्पन्न चौथो वार्षिक साधारणसभाले अघिल्लो आबको नाफाबाट आफ्ना सेयरधनीलाई १३.८७ बोनस सेयरको प्रस्ताव पारित गरेको थियो ।

प्रकाशित : ५ असार २०७३, आईतवार १४:११