संक्रमितका लागि बेड छैन भन्नु सरकारको लाचारीः काँग्रेश « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

बीमा

संक्रमितका लागि बेड छैन भन्नु सरकारको लाचारीः काँग्रेश



काठमाडाै । प्रतिपक्षी नेपाली काँग्रेसले कोभिड–१९ का बिरामीका लागि अस्पतालमा बेड छैन भनेकामा आपत्ति जनाएको छ ।

प्रवक्ता विश्वप्रकाश शर्माले शनिबार एक विज्ञप्ति जारी गर्दै संक्रमितका लागि बेड छैन भन्नु सरकारको लाचारी भएको आरोप लगाएका छन् । संकटका बेलामा नागरिकलाई ढाडस दिनुपर्नेमा सरकार गैह्रजिम्मेवार बनेको आरोप शर्माको छ । ‘अस्पतालमा शैया उपलब्ध गराउन नसकिने भइसकेको सार्वजनिक वक्तव्यले सरकारको लाचारी मात्रै होइन गैह्रजिम्मेवार प्रवृत्ति पनि पुष्टि गरेको छ’, विज्ञप्तिमा शर्माले भनेका छन्, ‘यस्तो निरीहता र अयोग्यताले आजको संकट पार लगाउन सकिन्न ।’

अस्पतालमा बेड छैन भन्नु गैह्रजिम्मेवार अभिव्यक्ति जनताको जीवनप्रति खेलवाड भएको ठहर काँग्रेसको छ । ‘पूरै वर्ष दिन सत्ता द्वन्द्वमा बिताउने, संसद विघटन गरेर मध्य महामारीमा चुनाव घोषणा गर्ने, समयको सदुपयोग गरेर पर्याप्त तयारी नगर्ने, तीन महिनामा सबै नेपालीलाई खोप भनेर सस्तो लोकप्रियताको अभिव्यक्ति दिने अनि अहिले आएर बेड छैन, भेन्टिलेटर, अक्सिजन आदि पर्याप्त छैन भनेर निरीहता प्रस्तुत गर्ने ?’, काँग्रेसको प्रश्न छ ।

लाचार अभिव्यक्ति बन्द गरेर युद्धस्तरमा काम गर्न र कोरोनाविरुद्धको संघर्षमा राज्यको क्षमता विस्तार गर्न काँग्रेसले माग गरेको छ । ‘संकटका बेला हरेक नागरिकको अभिभावक राज्य हुन्छ । बेडको अभाव हुन थाल्यो भने अभावको गीत गाएर त्यो अभिभावकत्व पूरा हुन सक्दैन’, ज्ञिप्तिमा भनिएको छ, ‘नेपाली कांग्रेस परिस्थितिको गम्भीरता बमोजिम परिस्थितिको गम्भीरता राखेर कार्य गर्न सरकारलाई सजग गराउन चाहन्छ ।’

प्रकाशित : १८ बैशाख २०७८, शनिबार १६:३३