भाडा नतिरेपछि पूर्वराष्ट्रपति निवास खाली गराउन मुद्दा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

भाडा नतिरेपछि पूर्वराष्ट्रपति निवास खाली गराउन मुद्दा



काठमाडौं । सरकारले पूर्वराष्ट्रपति डा. रामवरण यादवलाई उपलव्ध गराएको घरको बहाल नबुझाएको भन्दै खाली गराउन माग राखेर आइतबार ललितपुर जिल्ला अदालतमा मुद्दा दायर भएको छ ।

सरकारले घर बहालबापत मासिक एक लाख ३० हजार रुपैयाँको दरले सात महिनाको भाडा नबुझाएको भन्दै घरधनी रविभक्त विष्टले मुद्दा दायार गरेका हुन् ।  विष्टले घर खाली गर्न नमानेका कारण आफूचाहिँ डेरामा बस्नुपरेको पनि उल्लेख गरेका अाजको अन्नपूर्णमा समाचार छ ।

डा. रामवरण यादव
डा. रामवरण यादव

 

‘बहाल भराई घर खाली गराई पाउँ’ भन्दै दायर मुद्दामा राष्ट्रपतिको कार्यालय, राष्ट्रपति भवन शीतलनिवास, सरकार र पूर्वराष्ट्रपति यादवलाई प्रतिवादी बनाइएको छ ।

विष्टले घरबहाल बापतको रकम उपलव्ध गराइदिन पटकपटक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा निजेदन दिए पनि सुनुवाइ नभएपछि अदालत गुहारेको बताएका छन् ।

सरकारले डा. यादवका लागि भनेर ललितपु उपमहानगरपालिका ४ नख्खु खरिबोटमा रहेको विष्टको घर भाडामा लिएको थियो । उक्त घर २०७२ कात्तिक १२ गतेदेखि बहालमा लिने निर्णय भएको थियो । त्यसयताको सबै बहाल, बक्यौता रहेको दाबी फिरादपत्रमा छ ।

घरबहाल, बिजुली, पानीको समेत १० लाख २४ हजार आठ सय १० रुपैयाँ असुल्न बाँकी रहेको पनि विष्टले जनाएका छन् ।

प्रकाशित : ६ असार २०७३, सोमबार ०२:५१