सुदर्शन साकोसले खोल्यो दमकमा सेवा केन्द्र « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

सुदर्शन साकोसले खोल्यो दमकमा सेवा केन्द्र



मोरङ । मोरङको उर्लाबारीमा मुख्य कार्यालय रहेको सुदर्शन बचत तथा ऋण सहकारी संस्थाले दमकमा पनि कारोबार सुरु गरेको छ ।


संस्थाले दमक ७ मा सेवा केन्द्र स्थापना गरेर कारोबार सुरु गरेको हो । यस अघि संस्थाले मोरङकै पथरी र मधु मल्लामा सेवा केन्द्र सञ्चालनमा ल्याई सकेको छ ।

वैशाख दोस्रो सातादेखि दमकमा सेवा केन्द्र सञ्चालनमा ल्याएर कारोबार सुरु गरेको भए पनि यसको औपचारिक उद्घाटन भने गरिएको छैन ।


 संस्थाका कार्यकारी निर्देशक तरेन पौडेलले कोरोना महामारीका कारण औपचारिक कार्यक्रम गरेर सेवा केन्द्र उद्घाटन नगरे पनि सदस्यहरूको सुविधालाई मध्यनजर गर्दै कारोबार भने सुरु गरिएको जानकारी दिए ।

प्रकाशित : २० बैशाख २०७८, सोमबार ०९:४४