श्रमिकको न्यूनतम पारिश्रमिक निर्धारण,अब यी सुविधा अनिवार्य « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

श्रमिकको न्यूनतम पारिश्रमिक निर्धारण,अब यी सुविधा अनिवार्य



काठमाडाै । साउन १ गतेबाट लागू हुने गरी श्रमिकको न्यूनतम पारिश्रमिक निर्धारण गरिएको छ ।

सोमबार राजपत्रमा सूचना प्रकाशित गर्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रम ऐन २०७४ को दफा १०६ ले दिएको अधिकार प्रयोग गरी श्रमिकको न्यूनतम पारिश्रमिक बढाउने निर्णय गरेको उल्लेख गरेको छ ।

निर्धारित नयाँ पारिश्रमिक दरअनुसार अब श्रमिकले ९ हजार ३८५ रुपैयाँ आधारभूत र ५ हजार ५१५ रुपैयाँ महंगीभत्ता गरी कूल १५ हजार रुपैयाँ मासिक न्यूनतम पारिश्रमिक पाउनेछन् ।

त्यस्तै दैनिक ज्यालादारीको हकमा ३६१ रुपैयाँ आधारभूत र २१६ रुपैयाँ महंगीभत्ता गरी ५७७ रुपैयाँ पारिश्रमिक तोकिएको छ । प्रतिघण्टा काम गरेको श्रमिकले ७७ रुपैयाँ पाउनेछन् ।

साउन १ गतेदेखि लागू हुने गरी निर्धारण भएको पारिश्रमिक चिया बगान बाहेकका श्रमिकका लागि लागू हुने राजपत्रमा उल्लेख छ ।

श्रमिकहरूले यसरी पाउने पारिश्रमिकका अतिरिक्त योगदानमा आधारित सामाजिक सुरक्षा भत्ता, सञ्चय कोष र उपदानलगायतका सुविधा छुट्टै पाउनेछन् ।

यसरी सरकारले तोकेको न्यूनतम पारिश्रमिकभन्दा कम तलब दिने गरी कुनै पनि रोजगारदाताले श्रमिकलाई काममा लगाउन पाउने छैनन् ।

प्रकाशित : २० बैशाख २०७८, सोमबार २०:०६