युनिलिभरको नाफा १६ प्रतिशतले बढ्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

युनिलिभरको नाफा १६ प्रतिशतले बढ्यो



unilivarकाठमाडौं। युनिलिभर नेपाल लिमिटेडले आफ्नो त्रैमासिक प्रतिवेदन प्रकाशित गरेको छ । उक्त कम्पनीको तेश्रो त्रैमासिक प्रतिवेदनका अनुसार कम्पनीले चालु आर्थिक बर्षमा २ अर्ब ५६ करोड ९० लाख रुपैयाँ बराबरको खुद मुनाफा कमाउन सफल भएको छ जुन गत आ.व.को सोही अवधिको भन्दा करिब १६ दशमलव ३२ प्रतिशतले बढि हो ।

युनिलिभरको कुल बिक्री चालु आर्थिक वर्षमा १ अर्ब १९ करोड २६ लाख पुगेको छ जुन गत वर्षको सोहि अवधि भन्दा २० प्रतिशतले बढी हो । जसको प्रत्यक्ष असर कम्पनीको खुद मुनाफामा परेको देखिन्छ । त्यस्तै कुल खर्च पनि गत वर्षको सोहि अवधि भन्दा १४ दशमलव ३५ प्रतिशतले वृद्धि भएको देखिन्छ ।

कम्पनीको जगेडाकोष चालु आर्थिक वर्षमा १ अर्ब ३३ करोड ७२ लाख रुपैयाँ पुर्याउन सफल भएको छ भने कम्पनीले चालु आर्थिक वर्षमा आफ्नो लगानी ३० करोड ७१ लाख पुर्याएको देखिन्छ जुन गत वर्षको भन्दा १ सय ३० प्रतिशतले बढी हो ।

प्रकाशित : २६ जेष्ठ २०७२, मंगलवार १०:५२