सुरक्षाकर्मी र सञ्चारकर्मीलाई जिल्ला सहकारी सङ्घ दोलखाद्धारा स्वास्थ्य सामाग्री सहयोग « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

मुख्य समाचार

सुरक्षाकर्मी र सञ्चारकर्मीलाई जिल्ला सहकारी सङ्घ दोलखाद्धारा स्वास्थ्य सामाग्री सहयोग



दोलखा । जिल्ला सहकारी सङ्घ दोलखाले नेपाल प्रहरी र पत्रकार महासङ्घलाई स्वास्थ्य सामाग्री वितरण गरेको छ ।

सङ्घले नेपाल प्रहरीलाई ३३ सय थान मास्क, स्यानिटाइजर, ४ सय पन्जा र पत्रकार महासङ्घलाई २ सय पिस मास्क, ५ सेट पिपिई, स्यानिटाइजर, १ सय पिस पन्जा लगायतका स्वास्थ्य सामाग्री वितरण गरेको हो ।

सङ्घका अध्यक्ष हेमन्त चौलागाईंले दोलखाका प्रहरी प्रमुख भेषराज रिजाल । नेपाल पत्रकार महासङ्घ दोलखाका अध्यक्ष दिपशंकर चौलागाईंलाई उक्त सामाग्री हस्तान्तरण गरेका हुन् ।

अध्यक्ष चौलागाईंले फ्रन्ट लाइनका खटिने सुरक्षाकर्मी र सञ्चारकर्मीको सुरक्षाका लागि स्वास्थ्य सामाग्री वितरण गरिएको बताए ।

आवश्यक परे सुरक्षाकर्मी र सञ्चारकर्मीलाई थप स्वास्थ्य सामग्री सहयोग गर्न सहकारी सङ्घ तयार रहेको अध्यक्ष चौलागाईंले जानकारी दिए ।

प्रकाशित : २२ बैशाख २०७८, बुधबार १४:३९