विजनेश युनिभर्सल र सिद्धार्थ बैंकको एकिकृत कारोबार शुरु « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

विजनेश युनिभर्सल र सिद्धार्थ बैंकको एकिकृत कारोबार शुरु



siddartha-Bank-1-696x440काठमाडौं। सिद्धार्थ बैंक  र बिजिनेश युनिभर्सल डेभलपमेन्ट बैंकबीच मर्ज पुरा भएपछि मंगलबारदेखि संयुक्त कारोबार थालेका छन् । बैंक मर्जर पश्चात बनेको सिद्धार्थ बैंक लिमिटेडको नामबाट सञ्चालनमा आएको हो । मंगलबार एक कार्यक्रमका बीच नेपाल राष्ट् बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले एकिकृत कारोबारको शुभारम्भ गरे ।
एकिकृत कारोबारको शुभाम्भ गर्दै नेपाल राष्ट् बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले मर्जरपश्चात बैंकहरु सक्षम र सबल बन्दै गएको उल्लेख गर्दे लगानी विविधिकरणमा जोड दिए । नेपालमा लगानीको अवसरनै अवसर रहेको बताउँदै गभर्नर नेपालले बाह्य लगानी भित्र्याउन र आफ्नै पहलमा ठुला ठुला विकास आयोजना निमार्णका लागि राष्ट् बैंकले पूँजीवृद्धिको नीति लिएको बताए ।

मर्जरपश्चात बैंकको चुक्ता पूँजी ३ अर्ब २ करोड रुपैयाँ पुगेको छ । ०७४ असारसम्म ८ अर्ब पुर्याउन बैंकले बोनश, हकप्रद तथा अर्को संस्थासँग मर्जर जानेसम्मको बाटो खुल्ला राखेको छ । मर्जर पश्चात बनेको सिद्धार्थ बैंकको चुक्तापूँजी ३ अर्ब २ करोड रुपैयाँ, निक्षेप ६२ अर्ब १० करोड , कर्जा ५३ अर्ब ६४ करोड र एकिकृत खुद मुनाफा एक अर्ब १६ करोड रुपैयाँ पुगेको बैंकले जनाएको छ ।

दुई बैंक गाभिएपछि बैंकको शाखा सञ्जाल ६९, एटिएम ८१, ६५ स्थानमा शाखारहित बैंकिगं सेवा तथा कर्मचारी संख्या ६१४ पुगेको बैंकले जनाएको छ । गत पौष २३ गते मर्जर सम्झौता गरेका यी दुई बैंकले ५ महिना १६ दिनमा मर्ज पुरा गरेर एकिकृत कारोबार थालेका हुन् ।

प्रकाशित : ७ असार २०७३, मंगलवार १५:२८