एनआईबिएल समृद्धि फण्ड–२ योजनाका इकाइ बाँडफाँड « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

शेयर बजार

एनआईबिएल समृद्धि फण्ड–२ योजनाका इकाइ बाँडफाँड



काठमाडाैँ । म्युचुअल फन्डअन्तर्गत सञ्चालित हुने “एनआईबिएल समृद्धि फण्ड–२” योजनाका इकाइहरु आज शुक्रबार बाँडफाँड गरिएको छ।


नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको पूर्ण स्वामित्वमा रहेकोे एनआईबिएल एस क्यापिटल योजना व्यवस्थापक तथा डिपोजिटरी रहने गरी यो योजनाको रु. १० अंकित दरका कुल १२ करोड इकाइ गत वैशाख १३ गतेदेखि १६ गतेसम्म सार्वजनिक रुपमा बिक्री खुला गरिएको थियो। यस योजनामा मागभन्दा अधिक इकाइका लागि आवेदन प्राप्त भएको थियो।

सर्वसाधारण आवेदकबाट (बीज पुँजीबाहेक) कुल ६७ हजार ७६ आवेदन फाराममार्फत जम्मा १५ करोड ६३ लाख ३ हजार ९९० इकाइका लागि आवेदन प्राप्त भएकोमा ६४ हजार ५१४ आवेदन फाराममार्फत जम्मा १४ करोड ५२ लाख ९५ हजार ४०० इकाइका लागि रितपूवक आवेदन प्राप्त भएकोे र कुल २ हजार ५६२ आवेदन फाराममार्फत जम्मा १ करोड १० लाख ८ हजार ५९० इकाइका लागि रितपूर्वक आवेदन प्राप्त नभएकोले रद्द गरिएको क्यापिटलले जनाएको छ।

रितपूर्वक आवेदन प्राप्त भएकामध्येबाट कुल ३३ आवेदनमार्फत जम्मा १६ हजार ६३० इकाइका लागि प्राप्त आवेदन दोहोरो परेकोले अयोग्य ठहरिएको क्यापिटलले स्पष्ट पारेको छ।

प्रकाशित : २४ बैशाख २०७८, शुक्रबार १९:३५