बहुमतको सरकार गठन गर्न राष्ट्रपतिलाई तीन दलको आह्वान « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

प्रवास

बहुमतको सरकार गठन गर्न राष्ट्रपतिलाई तीन दलको आह्वान



काठमाडाैँ । प्रतिनिधिसभामा विश्वासको मत गुमाएपछि प्रधानमन्त्री केपी शर्मा ओली पदमुक्त भएसंगै विपक्षी तीन दलले बहुमतको सरकार गठनका लागि आह्वान गर्न राष्ट्रपति विद्यादेवी भण्डारीलाई आग्रह गरेका छन् ।

विश्वासको मत लिने प्रधानमन्त्री केपी शर्मा ओलीको प्रस्ताव संसदबाट अस्वीकृत भएलगत्तै कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र जसपा अध्यक्ष उपेन्द्र यादवले संयुक्त अपील गरेका हुन् । उनीहरुले संविधानको धारा ७६(२) अनुसार बहुमतको सरकार गठनको प्रक्रिया सुरु गर्न राष्ट्रपतिलाई आग्रह गरेका हुन् ।

प्रकाशित : २७ बैशाख २०७८, सोमबार १८:४६