यूनाइटेड मोदी हाइड्रोपावरले २८ लाख ७५ हजार कित्ता सेयर « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

यूनाइटेड मोदी हाइड्रोपावरले २८ लाख ७५ हजार कित्ता सेयर



IPOs1काठमाडाै । यूनाइटेड मोदी हाइड्रोपावर लिमीटेडले निकट भविष्यमै २८ लाख ७५ हजार कित्ता साधारण सेयर आइपीओ गर्ने भएको छ ।

यो कम्पनीले यसअघि नै तल्लो मोदी–१ आयोजना निर्माण सम्पन्न गरिसकेको छ । यो आयोजनाबाट उत्पादित बिजुली राष्ट्रिय प्रसारण लाइनमा २०६९ सालदेखि जोडिएको छ । १० मेगावाटको तल्लो मोदी १ आयोजना पर्वत जिल्लामा अवस्थित छ ।

तल्लो मोदी आयोजना निर्माण सम्पन्न गरेको यो कम्पनीले निकट भविष्यमै तल्लो मोदी–२ जलविद्युत आयोजनाको निर्माण गर्ने योजना बनाएको छ । यसका लागि आयोजना प्रभावित क्षेत्र र सर्वसाधारणहरुमा आइपीओ गरी लगानी जुटाउने कम्पनीको योजना हो । यो आयोजना १०.५ मेगावाट क्षमताको हो ।

यूनाइटेड हाइडोपावर लिमीटेडका प्रबन्ध निर्देशक सुधिरप्रसाद तिमल्सिनाले मोदी २ आयोजनाको विद्युत खरीद सम्झौता(पिपिए) भइसकेको र यसले विद्युत उत्पादनको अनुमति पाउने क्रममा छ ।

नेपालको एक मात्र क्रेडिट रेटिङ कम्पनी इक्रा नेपालले यूनाइटेडको सेयरलाई ग्रेड ३ को रेटिङ प्रदान गरेको छ, यो रेटिङ मध्यम स्तरको हो ।

प्रकाशित : ९ असार २०७३, बिहीबार ०३:०५