नागरिकता र राहदानी बनाउन झन्झट « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

नागरिकता र राहदानी बनाउन झन्झट



महोत्तरी । महोत्तरीमा अभिलेख च्यातिएकाले सहज रूपमा सेवाग्राहीलाई नागरिकता र राहदानी बनाउन झन्झट हुने गरेको छ । जिल्ला प्रशासन कार्यालय जलेश्वर, इलाका प्रशासन कार्यालय गौशाला र एकीकृत सेवा केन्द्र बर्दिवासका नागरिकताका रजिस्ट्रर र फाइल च्यातिएको, केरमेट भएको, तस्बिर उप्किएको र अक्षर नबुझ्ने भएको छ । तीन नगरपालिका र ६८ गाविसका जनतालाई नागरिकता बनाउन कठिनाइ उत्पन्न भएको छ । पुरानो नागरिकताको प्रतिलिपि लिन आउने अधिकांश सेवाग्राहीको अभिलेख नभेटिएपछि जिल्ला प्रशासन कार्यालयले सर्जमिनका लागि जिल्ला प्रहरी कार्यालयमा प्रहरी प्रतिवेदन ल्याउनका लागि पठाउने गरेकाले सेवाग्राही थप मर्कामा परेका छन् ।

प्रजिअ दीपक काफ्लेले बजेट अभावका कारण काम गर्न कठिन भएको बताउँदै च्यातिएको अभिलेख व्यवस्थित गर्न लागिएको बताए। नागरिकतालाई कम्प्युटराइज्ड गर्ने कार्य भइरहेको जनाइएको छ । सो कार्यालयमा दैनिक २५० भन्दा बढी नागरिकता र ७० भन्दा बढी राहदानी लिन आउने गरेका छन् । सरकारले इगभर्नेसको अवधारणा ल्याएको एक दशक बितिसक्दा पनि जिल्ला प्रशासन, इलाका प्रशासनमा स्तरीय उपकरण र दक्ष जनशक्ति अभाव देखाएर ढिलासुस्ती गरिँदैआएको छ ।

प्रकाशित : २४ जेष्ठ २०७२, आईतवार ११:२५