६ बैंक गाभिएर एक बन्दै, यस्तो छ शेयर स्वाप रेसियो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

६ बैंक गाभिएर एक बन्दै, यस्तो छ शेयर स्वाप रेसियो



bank-marger-696x440काठमाडौं। नेपाल क्रेडिट एण्ड कमर्स बैंक, कुमारी बैक  इन्फास्ट्रक्चर डेभलपमेन्ट बैंक एपेक्स डेभलपमेन्ट बैंक (APEX), सुप्रिम डेभलपमेन्ट बैंक  र इन्टरनेशनल डेभलपमेन्ट बैक एक आपसमा गाभिने भएका छन् ।

भर्खरै बसेको यी बैंकहरुको छुट्टाछुट्टै संचालक समितिको बैठकले यहि असार २९ गते विशेष साधरण सभा गर्ने निर्णय गरेको हो । उक्त विशेष साधारण सभामा मर्जरको सन्दर्भमा यस अघि भएका सहमतिलाई अन्तिम अनुमोदन गरिने छ ।

उक्त गाभिने प्रयोजनका लागि नियुक्त लेखापरीक्षकले सबै संस्थाहरुको सम्पत्ति तथा दायित्व मूल्याङ्कन प्रतिवेदन बमोजिम समायोजित नेटवर्थ तयार पारेको छ । जसमा एनसीसी बैंकको एक शेयर वराबर कुमारी बैकको एक शेयर (१:१), इन्फास्ट्रक्चर डेभलपमेन्ट बैंकको शून्य दशमलव सात सात शेयर (१:०.७७), एपेक्स डेभलपमेन्ट बैंकको शून्य दशमलव चार आठ शेयर (१:०.४८), सुप्रिम डेभलपमेन्ट बैंकको शून्य दशमलव सात सात शेयर (१:०.७७) र इन्टरनेशनल डेभलपमेन्ट बैकको शून्य दशमलव सात तीन शेयर (१:०.७३) हुनेगरी शेयर अदान–प्रदान अनुपात (शेयर स्वाप रेसियो) कायम हुने भएको छ ।

यसको आवश्यक स्वीकृतिका लागि नियमक निकायमा कागजातहरु पेश गर्ने अन्तिम तयारी भएको कम्पनिले जनाएको छ ।

प्रकाशित : १० असार २०७३, शुक्रबार ०२:३९