भक्तपुर नगरपालिकाले भन्यो- सहकारीका सेवा तत्काल बन्द गर्नु, आपतकालिनका लागि व्यक्ती तोक्नु « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

मुख्य समाचार

भक्तपुर नगरपालिकाले भन्यो- सहकारीका सेवा तत्काल बन्द गर्नु, आपतकालिनका लागि व्यक्ती तोक्नु



काठमाडाैँ । भक्तपुर नगरपालिकाले जिल्ला भित्र रहेका सहकारीहरुलाई तत्काल सेवा बन्द गर्न निर्देशन दिएको छ ।

कोभिड १९को रोकथामका तथा नियन्त्रणमा जिल्ला प्रशासन कार्यालय भक्तपुरले थप कडाईका साथ घोषणा गरेको निषेधाज्ञा र सहकारी विभागबाट जारी सूचना अनुसार वर्तमान अवस्थामा सहज नभएसम्मका लागि सम्पुर्ण क्रियाकलपहरु स्थगन गर्न निर्देशन दिएको हो ।

पालिकाले आफ्ना सदस्हरुलाई आपतकालीन सेवा प्रदान गर्न सम्पर्क व्यक्ती तोकेर सेवा दिन समेत अनुरोध गरेको छ ।

प्रकाशित : ३१ बैशाख २०७८, शुक्रबार १९:०७