ओलीले राष्ट्रपतिलाई भने, ‘त्यो पर्दैन ’ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

बीमा

ओलीले राष्ट्रपतिलाई भने, ‘त्यो पर्दैन ’



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले तेस्रो कार्यकालको सपथ लिएका छन् । शुक्रबार सपथ लिने क्रममा प्रधानमन्त्री ओलीले ‘प्रतिज्ञा गर्छु’ भन्ने शब्द उच्चारण गरेनन् ।

‘म केपी शर्मा ओली, मुलुक र जनताप्रति पूर्ण वफादार रही सत्य निष्ठापूर्वक यो प्रतिज्ञा गर्छु कि’ भनेर राष्ट्रपति भण्डारीले सपथ गराउँदै गर्दा ओलीले ‘यो प्रतिज्ञा गर्छु कि’ भन्ने वाक्यांश दोहोर्‍याउन छुटाएका थिए ।

राष्ट्रपति भण्डारीले दोहो¥याएर ‘प्रतिज्ञा गर्छु’ भनेर ओलीलाई ती शब्द उच्चारण गर्न संकेत गरेपछि ओलीले राष्ट्रपतिलाई नै सिकाउँदै भने, ‘त्यो पर्दैन ।’

राष्ट्रपतिले पुनः वाक्य दोहोर्‍याउँदा ओलीले ‘यो पर्दैन’ भन्दै अगाडि बढेका थिए । सो क्रममा राष्ट्रपति हाँसेकी थिइन् ।

प्रकाशित : ३१ बैशाख २०७८, शुक्रबार २०:०५