रुसमाथि कूटनीतिक दबाब बढाउन विश्वका सात धनी राष्ट्रको शिखर सम्मेलन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

रुसमाथि कूटनीतिक दबाब बढाउन विश्वका सात धनी राष्ट्रको शिखर सम्मेलन



काठमाडौं। यूक्रेन मामलामा रुसमाथि कूटनीतिक दबाब बढाउने उद्देश्यका साथ विश्वका सात धनी राष्ट्रको शिखर सम्मेलन सुरु हुँदैछ । जर्मनीको बाभरियन अल्प्स्मा हुने सम्मेलनमा भाग लिन विश्वका नेताहरु पुगिसकेका छन् । अमेरिका, बेलायत, जर्मनी, फ्रान्स, क्यानडा, जापान, इटली र युरोपियन युनियनसहभागि हुने सम्मेलनमा ग्रीसको ऋण र विश्वभर बढ्दै गएको जलवायु परिवर्तनको चुनौति कसरी सामना गर्ने भन्ने विषयमा छलफल हुनेछ ।

यसैगरी आईएस लडाकूको चुनौति र इबोला रोगबारे पनि सम्मेलनमा छलफल गरिने छ । जी एटको नाममा चिनिँदै आएको यस सम्मेलनमा रुसलाई भने सहभागि गराइएको छैन । गएको वर्ष यूक्रेनको क्राइमियालाई आफ्नो देशमा विलय गराएपछि रुसलाई समूहबाट हटाइएको हो ।

जर्मनी, बेलायत, र अमेरिकाबीच मस्कोविरुद्ध लगाइएको आर्थिक नाकाबन्दीलाई अझ कडा बनाउनेबारेमा सम्झौता हुनसक्ने सम्भावना रहेको पनि अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।

2054587136_1433672977

रुसी हस्तक्षेप विरुद्ध भन्दै पश्चिमा मुलुकहरुले पूर्वी युरोपमा आफ्नो सैन्य उपस्थिति निकै बढाउन थालेका छन् । सम्मेलनमा अमेरिकी राष्ट्रपति बराक ओबामा, जापानी प्रधानमन्त्री सिन्जो अबे, बेलायती प्रधानमन्त्री डेभिड क्यामरुन, जर्मन चान्सलर मर्केला उञ्जेल, फ्रान्सेली राष्ट्रपति फ्रान्कोस ओलाण्ड, क्यानेडेली प्रधानमन्त्री स्टेफिन हार्पर, इटालियन प्रधानमन्त्री माट्टो रेन्जी सहभागि हुनेछन् ।

उता, रुसी राष्ट्रपति भ्लादीमीर पुटिनले भने पश्चिमाहरुलाई आफ्नो देशसँग नडराउन आग्रह गरेका छन् । आफूहरुले नेटोमाथि आक्रमण गर्ने भन्ने कुरा पागल व्यक्तिले मात्र सोच्नसक्ने उनले उल्लेख गरेका छन् । यसैबीच, शिखर सम्मेलन शुुरु हुनुअघि भने हजारौं प्रदर्शनकारीले सम्मेलनस्थलनजिक विरोध प्रदर्शन गरेका छन् ।

प्रदर्शनमा प्रहरी धरपकड हुँदा केही घाइते भएका छन् । सम्मेलनस्थल सुरक्षाका लागि १७ हजार प्रहरी तैनाथ गरिएको छ । एजेन्सी

प्रकाशित : २४ जेष्ठ २०७२, आईतवार ११:३३