काठमाडौँ महानगरपालिकामा कोरोना परीक्षण गरिएकामध्ये ७० प्रतिशतलाई पुष्टि



काठमाडाैं । कोभिड–१९ को सङ्क्रमण बढ्न थालेपछि पछिल्लो समय काठमाडौँ महानगरपालिकामा कोरोना परीक्षण गरिएकामध्ये ७० प्रतिशतलाई पुष्टि भएको छ ।

गत शनिबारसम्म स्वाव सङ्कलनका लागि पाँच वटा केन्द्र बनाएर काम गरिरहेको कामपाले हरेक दिन सङ्क्रमितको सङ्ख्या बढ्दै गहेकाले आइतबारदेखि १६ वटा परीक्षण स्थल तोकेर परीक्षणलाई तीव्र बनाएको छ ।

कामपाको ३२ वडाबाट मात्रै अहिले हरेक दिन ६०० जनाको परीक्षण हुने गरेको र परीक्षण गरिएकामध्ये ४२० जनामा पुष्टि हुने गरेको कामपा जनस्वास्थ्य महाशाखाले जनाएको छ । कामपाका ल्याब टेक्निसियन राधिका कुँइकेलका अनुसार परीक्षणका लागि आवश्यकताअनुरुप टोली तयारी अवस्थामा रहेको छ । “कोरोनाको शङ्का देखिएका र वडाले खटाएअनुसार अहिले परीक्षणको कामलाई व्यापक बनाइएको छ”, कुँइकेलले बताइन्।

सङ्क्रमण पुष्टि भएको १४ दिनपछि पुनः परीक्षण गर्नु नपर्ने मान्यता रहे पनि कामपाको हकमा भने १४ दिनपछि निको भएकाहरुले पनि पुनः परीक्षणको माग राख्दै आएकाले केही समस्या भएको छ । अहिलेसम्म कामपाले सबैको निःशुल्क परीक्षण गर्दै आएको छ ।

परीक्षण मात्रै होइन, परीक्षणका क्रममा समस्या बढी भएका बिरामीहरुका लागि एम्बुलेन्समा राखी अस्पतालसम्म लाने र ल्याउने व्यवस्थासम्म कामपाले नै गर्दै आएको छ । यसका लागि पनि नागरिकले पैसा तिर्नु पर्दैन । यसरी कोरोना पोजिटिभ भएका बिरामीका लागि एम्बुलेन्ससँग कामपाले दुई हप्ताअघि नै सम्झौता गरिसकेको छ ।

कामपाको २३ वडा मध्ये सात स्थानबाट नागरिकले सेवा प्राप्त गर्न सक्नेछन् । कोरोनाका बिरामीले मात्रै होइन, अन्य दीर्घ रोग भएका कसैलाई अस्पतालसम्म जान र आउन परेमा पनि कामपाले निःशुल्क एम्बुलेन्सको व्यवस्था गरेको छ । त्यसका लागि आवश्यक पर्ने जो कोहीले ११८० कामपाको हटलाइन नम्बरमा सम्पर्क गर्नुपर्ने छ ।

कामपाका जनस्वाथ्य महाशाखा प्रमुख हरिबहादुर कुँवरका अनुसार पछिल्लो समय कामपामा सङ्क्रण दर अत्यधिक बढेको छ, यसरी नै सङ्क्रमित बढ्ने हो भने अवस्था जटिल हुन सक्छ, त्यसैले सबैले बेलैमा सावधानी अपनाउन आवश्यक भएको छ ।

“गत वर्षको बन्दाबन्दीमा नागरिक बढी नै सचेत थिए तर अहिले त्यो अवस्था छैन । विभिन्न बहानामा नागरिक घरबाहिर निस्किरहेको पाइन्छ, यसले जोखिम त बढाएको छ नै, नियन्त्रणका लागि कामपाले कठोर कदम चाल्नुपर्ने आवश्यता पनि देखिएको छ”, प्रमुख कुँवरले भने ।

हालसम्म कामपामा ५१ हजार ४१२ जना कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् । तीमध्ये १० हजार ८०१ सक्रिय सङ्क्रमित छन् । सबैभन्दा बढी वडा नं ३२ मा चार हजार ७५५ रहेको छ भने सबैभन्दा कम वडा १८ मा २०७ जनामा कोरोना पुष्टि भएको छ । त्यसैगरी हालसम्म ४० हजार २३६ जना यस रोगबाट मुक्त भएका छन् । कोरोना सङ्क्रमणकै कारण ३४५ ले ज्यान गुमाएका छन् ।

कामपामा हाल रहेका सङ्क्रमितमध्ये १० हजार १८१ होम आइसोलेशनमा छन् भने ११४ जना संस्थागत आइसोलेशनमा र ५०६ ले अस्पतालमा उपचार गराइरहेका छन् । आजकोअर्थबाट साभार

प्रतिक्रिया दिनुहोस
२४ जिल्लामा विद्युत प्रसारण लाइन निर्माणमा समस्या समाधान गर्न कार्यदल गठन गर्ने निर्णय

काठमाडौं । विद्युत प्रसारण लाइन निर्माणमा देखिएका र भविष्यमा देखा पर्ने समस्या समाधान

बागमती प्रदेश सरकारले कर्मचारीको तलब २ हजार रुपैयाँले बढायो

काठमाडाै । बागमती प्रदेश सरकारले कर्मचारीको बढाएको छ । प्रदेशका आर्थिक मामिला तथा

सोमबार ५ हजार १४७ जना कोरोना संक्रमणमुक्त

काठमाडौं । पछिल्लो २४ घण्टायता थप ५ हजार १४७ जना कोरोना संक्रमणमुक्त हुँदा

एक हप्ता थपिएको निषेधाज्ञामा अब यी कार्य गर्न पाइन्छ ( हेर्नुस् सूचना )

उपत्यकामा फेरि एक साताका लागि निषेधाज्ञा थपिएको छ । जेठ मसान्तसम्म लगाइएको निषेधाज्ञालाई

प्रकाशित मिति २०७७ बैशाख १ देखि