सेञ्चुरीले किन्यो इन्नोभेटिभ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

सेञ्चुरीले किन्यो इन्नोभेटिभ



century_commercial_bankकाठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले इन्नोभेटिभ डेभलपमेन्ट बैंकलाई खरिद गरेको छ । यी दुई संस्थाबीच एकआर्कालाई प्राप्ती गर्ने सम्बन्धमा आज एक समझदारी पत्रमा हस्तार भएको छ ।

उक्त हस्ताक्षर पत्रमा सेञ्चुरी बैंकका अध्यक्ष राजेशकुमार श्रेष्ठ र इन्नोभेटिभ डेभलपमेन्ट बैंकका अध्यक्ष देवेन्द्रबहादुर राउतले हस्ताक्षर गरेका हुन् ।

सेंञ्चुरीले इन्नोभेटिभलाई प्राप्ती गरेसँगै बैंकको चुक्ता पूँजी ४ अर्ब ६ करोड रुपैयाँ पुगेको छ । हाल सेञ्चुरीको चुक्ता पूँजी २ अर्ब ८५ करोड रुपैयाँ रहेको छ भने इन्नोभेटिभको २९ करोड रुपैयाँ रहेको छ । दुवै संस्थाले हकप्रद सेयर जारी गरेपछि मात्र एक्विजिशन गर्ने भएकाले चुक्ता पूँजी ४ अर्ब पुग्ने भएको हो । जस अनुसार सेञ्चुरीले ८५ करोड रुपैयाँ हकप्रद जारी गर्न लागेको छ भने इन्नोभेटिभले करिव ७ करोड रुपैयाँ बरावरको हकप्रद सेयर जारी गर्ने भएको छ ।

हाल इन्नोभेटिभबाट ३६ करोड रुपैयाँ चुक्ता पूँजी थपिने र चालू आर्थिकवषभित्रै एक्विजिशन वा मर्जरबाट १ अर्ब रुपैयाँ चुक्ता पूँजी थप्ने गरी अन्य बैंकसँग पनि छलफल भइरहेको उनले जानकारी दिए ।

यसैगरी दुवै संस्थाले पुस मसान्तबाट एकिकृत कारोवार शुरु गर्ने भएको छ । दवै संस्थाको सेयर स्वाप रेसियो तयार भएको र डिडिए रिपोर्ट आउने वित्तिकै राष्ट्र बैंकबाट स्वीकृति लिएर एकिकृत कारोवार शुरु गरिने सेञ्चुरी बैंकका अध्यक्ष श्रेष्ठले जानकारी दिए । ‘हामीले सेञ्चुरीको प्रतिकित्ता १ सय रुपैयाँ हुँदा इन्नोभेटिभको ७६ रुपैयाँ कायम गर्नेगरी सहमति गरेका छौं,’ उनले भने, ‘डिडिए रिपोर्ट आउँदा सामान्य घटवढ भएमात्र नत्र यसैलाई कायम गरिने छ ।’

इन्नोभेटिभ बुटवलमा केन्द्रिय कार्यालय रहेको राष्ट्रिय स्तको विकास बैंक हो । हाल यसका ९ वटा शाखा कार्यालय रहेका छन् । २९ करोड चुक्ता पूँजी रहेको इन्नोभेटिभले २ अर्ब १९ करोड निक्षेप संकलन गरी १ अर्ब ७५ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । विकास बैंक खरिद गर्न लागेकाले कर्मचारी मिलानमा पनि समस्या नपर्ने श्रेष्ठले जानकारी दिए ।

यसैगरी सेञ्चुरीको हाल ३१ वटा शाखा कार्यालय रहेको छ भने २९ वटा एटिम, ८ शाखा रहित बैंकिङ र ३ वटा एक्सटेन्सन काउन्टर रहेको छ । हालसम्म बैंकले २८ अर्ब रुपैयाँ निक्षेप संकलन गरी २४ अर्ब रपैयाँ कर्जा प्रवाह गरेको छ ।

कार्यक्रममा इन्नोभेटिकका अध्यक्ष राउतले आफुहरुले एक राम्रो वाणिज्य बैंकसँग एक्विजिशन गर्न लागेको जानकारी दिए । ‘एक्विजिशन भन्ने वित्तिकै बैंक वित्तीय संस्थालाई पत्रु मुल्यमा बेच्न लाग्यो भन्ने सम्झन्छन्,’ उनले भने, ‘तर हामीले उचित स्थान सहित एक्विजिशन गरेका छौं ।’ जोखिम व्यवस्थापनका लागि एक्विजिशन नै उत्तम विकल्प रहेको उनको तर्क थियो ।

प्रकाशित : १२ असार २०७३, आईतवार १६:२२