राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा पुनः कँडेल « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा पुनः कँडेल



काठमाडाैं । राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा पुनः प्रा.डा. पुष्पराज कँडेल नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले उपाध्यक्ष कडेल सहित सदस्यहरु डा. कृष्णप्रसाद ओली, डा. उषा झा र मीनबहादुर शाहीलाई आयोगको गठन आदेश बमोजिम नियुक्त गरेको थियो ।

पुनः नियुक्ति पश्चात आज विहिबार सिंहदरवारमा सम्माननीय प्रधानमन्त्री एवं राष्ट्रिय योजना आयोगका अध्यक्ष श्री केपी शर्मा ओलीसमक्ष सपथ ग्रहण गरेका छन्।

सपथ ग्रहण पश्चात उपाध्यक्षले राष्ट्रिय योजना आयोगमा एघार वटा स्मार्ट सिटीको बहुवर्षिय आयोजना स्वीकृत गर्ने निर्णयको फाइल सदर गरी पदभार ग्रहण गरेका छन् ।

प्रकाशित : ६ जेष्ठ २०७८, बिहीबार १४:५२