धितोपत्र बोर्डको स्पष्टीकरण « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

धितोपत्र बोर्डको स्पष्टीकरण



sebon-001काठमाडौं । नेपाल धितोपत्र बोर्डले नेपाल लाइफ इन्सुरेन्स कम्पनीको सेयर कारोबार फुकुवा गरिएको सम्बन्धमा थप प्रस्टीकरण दिएको छ ।
 एफपीओ मूल्य निर्धारणमा नयाँ निर्देशन ल्याउन लागिएको र यसका लागि केही समय लाग्ने भएकाले तत्काल कारोबार फुकुवा गरिएको बोर्डको भनाई छ ।
हाल एफपीओ जारी गर्न बोर्डमा आवेदन दिएका कम्पनीले पनि नयाँ नियम नआएसम्म स्वीकृति नपाउने भएका छन् ।
अब सबै कम्पनीलाई नयाँ निर्देशन आएपछि एकरुपता कायम गरी एफपीओ निष्कासन गर्न दिइनेछ, बोर्डले बिहीबार जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
नयाँ निर्देशनपछि तोकिएको आधार र मापदण्डमा सबै कम्पनीले प्रिमियममा एफपीओ निष्कासन गर्नुपर्ने भएकाले सूचीकृत कम्पनीहरूले हाल बोर्डमा प्रस्ताव गरेको भाउमा हेरफेर हुन सक्ने भएकाले सजग रहनसमेत बोर्डले सर्वसाधारणलाई जानकारी गराएको छ ।

प्रकाशित : १६ असार २०७३, बिहीबार ०८:०५