सेयर बजार ४ अंकले बढ्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

सेयर बजार ४ अंकले बढ्यो



काठमाडौं । साताको पहिलो दिन आइतवार सेयर बजार ४ दशमलव ३३ अंकले बढेको छ । सो दिन ९ सय ३१ दशमलव १७ अंकमा पुगेर बजार बन्द भएको छ ।

कारोबारमा आएका मध्ये ट्रेडिङ र अन्य बाहे सबै समुह उकालो लागेको छ । आइतवार सेयर कजारमा सवैभन्दा बढी प्रभाव रहेको बैंकिङ समुहको परिसुचक ८ दशमलव ४४ अंकले बढेको छ ।

त्यस्तै होटल समुहको ७ दशमलव ७७, बीमा समुहको ५ दशमलव ९१ र जलविद्युत ४ दशमलव ३६ ले बृद्धि भएको छ । त्यसैगरी विकास बैंक र फाइनान्स समुहको सुचक क्रमशः २ दशमलव६७ र ० दशमलव ५९ अंकले बढेको छ ।

सो दिन १ सय १९ ओटा कम्पनीको ५ लाख ६ हजार ३ सय २८ कित्ता सेयर किनबेचबाट २१ करोड ९५ लाखको कारोबार भएको छ ।

प्रकाशित : २४ जेष्ठ २०७२, आईतवार ११:२९