निर्वाचनको तयारीमा लाग्न आयोगलाई ओलीको निर्देशन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बीमा

निर्वाचनको तयारीमा लाग्न आयोगलाई ओलीको निर्देशन



काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचन आयोगका पदाधिकारीहरुसँग छलफल गरेका छन् । संसद् विघटनलगत्तै आयोगका पदाधिकारीहरुसँग छलफल गर्दै प्रधानमन्त्री ओलीले घोषित मितिमै निर्वाचन सम्पन्न गराउनेगरी तयारी थाल्न निर्देशनसमेत दिएका छन् ।

गएराति संसद् दोस्रो पटक विघटन गरेका ओलीले आगामी कात्तिक २६ र मंसिर ३ गतेका लागि निर्वाचनको समय तोकेका छन् । यसपछि घोषित मितिमै निर्वाचन गराउनेगरी तयारी थाल्न आयोगका पदाधिकारीहरुलाई प्रधानमन्त्री ओलीले निर्देशन दिएका हुन् । प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाकाअनुसार पदाधिकारीहरुले सकारात्मक प्रतिक्रिया दिएका छन् ।

प्रधानमन्त्री ओलीले शनिवार बिहान सरकारी निवास बालुवाटारमा पदाधिकारीहरुसँग छलफल गरेका थिए । प्रधानमन्त्रीलाई उदधृत गर्दै थापाले भने— ‘निर्वाचन अपरिहार्य भएकाले नै मुलुक यसरी निर्वाचनतर्फ अघि बढेको हो ।’

यसअघि गएराति प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले दोस्रो पटक संसद् विघटन गरेकी छन् । तत्पश्चात् यता विपक्षी गठबन्धन बनेको छ । उसले स्थनीय तहदेखि नै राजनीतिक प्रतिवाद गर्ने र अदालत लाने निर्णय गरिसकेको छ ।

प्रकाशित : ८ जेष्ठ २०७८, शनिबार १८:२८