खोटा सिक्का बोक्नेहरु प्रस्तावित सहकारी ऐन देखेर डराए « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

खोटा सिक्का बोक्नेहरु प्रस्तावित सहकारी ऐन देखेर डराए



काठमाडौ । उपप्रधान एवम् सहकारी तथा गरिबी निवारण मन्त्री चित्रबहादुर केसीले सहकारी क्षेत्र विकासमा आफु प्रतिबद्ध रहेको बताएका छन् । २३ औं राष्ट्रिय सहकारी संघ दिवसका अवसरमा  राष्ट्रिय सहकारी संघद्धारा आयोजित एक अन्र्तक्रिया कार्यक्रममा बोल्दै मन्त्री केसीले सहकारीले सिद्धान्त मुल्य मान्यतालाई आत्मसाथ गरेर अगाडी बढ्नु पर्नेमा जोड दिए ।

chitra-b-kc
‘सरकार सहकारी क्षेत्रमा सुशासन कायम गर्न प्रतिववद्ध छ।’ मन्त्री केसीले भने– चित्रबहादुरले ऐन बनाएर घाटी निमोठ्न खोज्यो भन्नु विल्कुल गलत हो । ऐन निर्माणमा आफ्नो कुनै स्वार्थ नरहेको बताउदै मन्त्री केसीले प्रतिप्रश्न गर्दे भने–‘मैले सहकारीको घाटी निमोठेर के पाउने ?’ मन्त्री एक्लैले सुटुक्क ऐन ल्याए लागु हुन सक्ने अवस्था छैन।’ सहकारी सञ्चालकहरुनै नीति निर्माण तहमा रहेकाले कस्तो ऐन ल्याउने भन्ने बिषय संसद समेत रहेका सहकारीकर्मीहरुकै पोल्टामा  रहेको संकेत गरे ।
सहकारी मैत्री ऐन ल्याउन सकारात्मक रहेको उल्लेख गदैै मन्त्री केसीले भने –धेरै संसदहरु सहकारीकर्मी रहेछन, लामो समय देखि सहकारीको सर्मथन गरे पनि सहकारी सस्था नरहेको संसद त म मात्रै रहेछु । यस्तो अवस्थामा चित्रबहादुरले सहकारी सिध्याउने ऐन ल्यायो भन्ने छ, के यो संभव होला? मुल्य मान्यता अनुसार सहकारी चल्नुपर्छ भन्ने मान्छेले सहकारी सिध्याउने ऐन ल्याएर के नै पाउछु र ? –मन्त्री केसीले भने ।
सहकारीकर्मीहरुको प्रस्तावित ऐनको विरोध प्रति लक्षित गर्दै मन्त्री केसीले भने–अहिले तपाईहरु आतंकित भएको देख्दा म छक्क परेको छु । सहकारी सिध्याउनकै्र लागि चित्रबहादुर मन्त्री भयो भन्नु भएन । केही सहकारीमा विकृती आएकाले त्यसलाई नियन्त्रण गर्नकै लागि  कानुनी व्यवस्था गरिन लागेको बताउदै केसीले ऐन नभए विकृती रोक्न नसकिने बताए । ऐनको अभावमा विकृति बढेको छ । यो तपाईहरुले पनि महसुश गरेकै कुरा हो।  कुनै एउटा व्यक्तीको सनकमा ऐन आउनै सक्दैन जनता बाठा भैसके त्यसैले समुदायमा आधारित रहेर काम गर्ने सहकारीले ऐनले सिध्याउछ भन्ने भ्रममा नलाग्न उनको आग्रह थियो ।
खोटा सिक्का बोक्नेहरु मात्रै प्रस्तावित ऐन देखेर डराएको बताएका थिए । केसीले सक्कली सिक्का वोक्नेहरुलाई प्रस्तावित सहकारी ऐन देखि, नडराउन आग्रह गरेका छन् ।

कार्यक्रममा राष्टिय सहकारी संघका अध्यक्ष केशब बडालले सहकारी मैत्री ऐन ल्याउन सरकारलाई आग्रह गरे । कार्यक्रममा पुर्व अर्थमन्त्री भरतमोहन अधिकारी, सभाषद ओमदेवी मल्ल ढकाल, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा.युवराज खतिवडा, संघका पुर्व अध्यक्ष दिपक प्रकाश बाँसकोटा, संघका बरिष्ठ उपाध्यक्ष मिनराज कँडेल लगायतले सहकारीको योगदान बारे चर्चा गरेका थिए ।

प्रकाशित : १८ असार २०७३, शनिबार १३:४३