एक साता बढेको निषेधाज्ञामा सहकारी संस्थाहरु बन्द गर्ने कि सञ्चालन गर्ने ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

मुख्य समाचार

एक साता बढेको निषेधाज्ञामा सहकारी संस्थाहरु बन्द गर्ने कि सञ्चालन गर्ने ?



काठमाडौं । काठमाडौं उपत्यका भित्रका प्रमुख जिल्ला अधिकारीहरुले थप एक साता बढाएको निषेधाज्ञाको अवधिमा सहकारी संस्थाहरु बन्द गर्ने कि सञ्चालन गर्ने भन्ने बिषयमा केही बोलेको छैन ।

अत्यावश्यक सेवा बाहेकका सरकारी कार्यालय, सार्वजनिक संस्था संस्थान, बीमा लगायतका कार्यालयहरुको सेवा प्रवाह स्थगन गर्ने निर्णय भएको छ । तर उपत्यकामा वित्तीय कारोबार गर्ने सहकारीको हकमा भने केही बोलिएको छैन ।

काठमाडौ जिल्लामा बाणिज्य बैंकको हकमा प्रधान कार्यालय र ३ वटा शाखा कार्यालय र विकास बैंकको हकमा प्रधान कार्यालय र २ वटा शाखा कार्यालय आलोपालो गरी न्यूनतम जनशक्ति (२० प्रतिशत मात्र प्रयोग गरी कार्य संचालन गर्ने व्यवस्था मिलाई सो को विवरण नेपाल राष्ट्र बैंक र जिल्ला प्रशासन कार्यालयलाई दिने । यसको अनुगमन जिल्ला प्रशासन कार्यालयबाट हुने भएको छ ।

बैशाख २९ गते संघीय सहकारी विभागले मुलुकभरिका सहकारीलाई अत्यावश्यक बाहेकको सेवा स्थगन गर्न अनुरोध गरेको थियो । सहकारीका संघ तथा संस्थाहरुले अत्यन्त जरुरी र अत्यावश्यक कार्य भए अन्त्यन्त कम जनशक्तिबाट क्रियाकलाप सञ्चालन गर्न भनिएको थियो । तर पछिल्लो समय निषेधाज्ञामा कडाई गरे पछि सहकारीकर्मीहरु सहकारी सहकारी विभागको निर्णयमा पर्ख र हेरको अवस्थामा छन् ।

सहकारी अभियानको कम्जोर लबिङ्ग र सरकारी वेवास्ताका कारण अहिले धमाधम सहकारीहरुले सदस्यहरुलाई सेवा दिन सम्पर्क व्यक्ती तोकेर कारोबार गर्ने र सके सम्म प्रविधिको प्रयोग गर्न प्रोत्साहन गर्दै आएका छन् ।

प्रकाशित : ११ जेष्ठ २०७८, मंगलवार १९:१२