रिलायबल नेपाल लाईफ इन्स्योरेन्सले आइपीओ निष्कासन गर्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

रिलायबल नेपाल लाईफ इन्स्योरेन्सले आइपीओ निष्कासन गर्ने



काठमाडाैं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले आईपीओ निष्कासनको प्रस्ताव सहित असार ४ गते तेस्रो वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको प्रधान कार्यालय ज्ञानेश्वर, काठमाडौंमा दिउसो १ बजे सभा बोलाईएको हो । सभा भर्चुअल माध्यमबाट हुनेछ ।

सभाले आईपीओ निष्कासनको प्रस्ताव सहित अघिल्लो आर्थिक वर्ष ०७५/७६ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरण पारित गर्नुका साथ गत आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको विषयलाई टुङ्गो लगाउँनेछ ।

साथै सञ्चालक नियुक्तीको विषय अनुमोदन गराउँने कार्यक्रम पनि सभाका लागि तय भएको छ । हाल कम्पनीको चुक्तापूँजी रू. १ अर्ब ४० करोड रहेको छ । जीवन बीमा कम्पनीहरुले कायम गर्नुपर्ने रू. २ अर्ब चुक्तापूँजीको लागि कम्पनीले थप रकम बराबरको आईपीओ विक्री गर्नेछ ।

प्रकाशित : १२ जेष्ठ २०७८, बुधबार १७:४०