सहकारीमा पेमेन्ट सिष्टम मात्र होइन रेकर्डिङ र रिर्पोटिङ सिष्टम पनि प्रविधिमैत्री हुनुपर्छ- उपरजिष्ट्रार पौडेल « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

प्रवास

सहकारीमा पेमेन्ट सिष्टम मात्र होइन रेकर्डिङ र रिर्पोटिङ सिष्टम पनि प्रविधिमैत्री हुनुपर्छ- उपरजिष्ट्रार पौडेल



सुरेन्द्रराज पौडेल
उपरजिष्ट्रार
सहकारी विभाग

सहकारीलाई प्रविधिमैत्री बनाउन छिटो भन्दा छिटो कानुनी दायरामा ल्याउने विभागको योजना रहेको छ ।

पेमेन्ट सिष्टम मात्र होइन रेकर्डिङ र रिर्पोटिङ सिष्टम पनि प्रविधिमैत्री बनाउने हो ।

कोपोमिसबाटै नै सबै कुरा हुन्छ । अब सहकारीले चार खाताको ढड्डा पल्टाएर हुँदैन। प्रविधिमा जानैपर्छ ।


क्युआरकोड, एटीएमका लागि अहिलेसम्म कोही अनुमति माग्न आएका छैनन् ।

अन्तर सहकारी कारोबार कार्यविधि अघि बढाएको र मन्त्रालयबाट स्वीकृति भएपछि कार्यान्यन हुन्छ ।


विद्युतीय कारोबारलाई विभागले रोक्न सक्दैन । तर साइबर सेक्युरिटीमा विशेष जोड दिनु पर्छ ।


ठूला बैंक पनि साइबर समस्यामा रहेको भन्दै सहकारीमा पनि समस्या आउन सक्छन । त्यसैले सम्बन्धीत प्रयोगकर्ता सहकारी नै सजग हुँनुपर्छ ।

नेपाल सहकारी पत्रकार समाज(सिजेएन)ले आयोजना गरेको प्रविधिमा सहकारी विषय भर्चुअल अन्तरक्रिया कार्यक्रममा पाैडेलले राखेको धारणा

प्रकाशित : १४ जेष्ठ २०७८, शुक्रबार १७:२५