अवकाश प्राप्त गभर्नरका लागि सरकारी बैंकमा नियुक्ति खुला « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

अवकाश प्राप्त गभर्नरका लागि सरकारी बैंकमा नियुक्ति खुला



काठमाडौं। नेपाल राष्ट्र बैंकबाट अवकास प्राप्त गभर्नरले सरकारी स्वमित्वका कुनै पनि बैंकमा प्रमुख कार्यकारी पदमा नियुक्ति हुन पाउने भएका छन् । नेपाल राष्ट्र बैंक ऐनको संसोधन विधेकले गभर्नरलाई सरकारी बैंकमा सिइयो तथा संचालकमा पदमा काम गर्ने बाटो खालिदिएको छ ।

Bank

उक्त विधेकमा गभर्नर भइसकेका व्यक्ति कुनै पनि निजि बैंकको संचालक तथा कुनै पनि पदमा आजिवन काम गर्न नपाउने व्यवस्था गरिएको छ । डेपूटि गभर्नरका लागी पनि अवकास भएको ७ वर्ष र कार्यकारी निर्देशक छाडेको ५ वर्ष पुरा नभए सम्म बैंक तथा वित्तीकय संस्थामा संचालक वा कर्मचारी बन्न नपाउने व्यवस्था गर्न लागेको छ । सरकारले नियुक्ती गर्ने पदमा उनिहरु पनि हुन सक्नेछन् ।

सरकारी स्वामित्वको बैंक धराशयी हुने अवस्थामा बैंक समाल्न सक्ने सक्षम मानिसको नियुत्तिको लागी यो विधयेक उपयुक्त मानिएको छ । व्यवस्थापिका संसदको अर्थ समिति वैठकमा सांसदले गभर्नरलाई बैंक तथा वित्तीय संस्थामा काम गर्न नपाउने व्यवस्था गरे पनि फेरि सरकारले नियुक्त गर्ने व्यवस्था गरको भन्दै आलोचना भएको थियो । तर अन्तमा सांसदहरु पनि यो विषयमा सहमत भएका थिए ।

नयाँ पत्रिकाबाट

प्रकाशित : २१ असार २०७३, मंगलवार ०७:४१