कृषि तथा पशुपक्षी विकासका लागि ४५ अर्ब ९ करोड रकम विनियोजन, पाँच वर्ष भित्र चामलमा आत्मनिर्भर « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

अर्थतन्त्र

कृषि तथा पशुपक्षी विकासका लागि ४५ अर्ब ९ करोड रकम विनियोजन, पाँच वर्ष भित्र चामलमा आत्मनिर्भर



काठमाडाै । सरकारले कृषि तथा पशुपक्षी विकासका लागि ४५ अर्ब ९ करोड रकम विनियोजन गरेको छ।

सरकारले आधिकारिक बिक्रेताबाट बिउ खरिद गरी कृषि उत्पादनमा सहभागीका लागि ५० प्रतिशतसम्म अनुदान दिने भएको छ।

रासायनिक मल खरिद अनुदानलाई वृद्धि गरी १२ अर्ब पुर्‍याइएको बजेटमा उल्लेख छ। त्यस्तै पाँच वर्ष भित्र चामलमा आत्मनिर्भर हुने गरी बजेट विनियोजन गरिएको बजेटमा छ।

आर्थिक वर्ष २०७८/७९ मा रिंगरोडमा पर्ने राजधानीका व्यस्त ३ सडकमा फ्लाइओभर निर्माण गर्ने भएको छ ।

अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै सातदोबकाटो, ग्वार्को र एकान्तकुनामा आर्थिक वर्ष २०७८/७९ फ्लाइओभर बनाइने जानकारी दिए ।

प्रकाशित : १५ जेष्ठ २०७८, शनिबार १७:५४