२६ वर्षमा २२ सरकार अर्थतन्त्र चौपट « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

२६ वर्षमा २२ सरकार अर्थतन्त्र चौपट



share-marketकाठमाडौं । प्रधानमन्त्री केपी ओलीको सरकार प्रजातन्त्र पुनःस्थापनायताको २२ औँ हो । यो सरकार पनि ९ महिनामै संकटमा प¥यो । सरकार यसरी धमाधम परिवर्तन हुँदा यसको अर्थतन्त्रमा सीधा र नकारात्मक प्रभाव पार्छ । यी २६ वर्षमा ६ पटक मात्रै आर्थिक वृद्धिदर ५ प्रतिशत नाघेको छ ।
मुलुकको आर्थिक वृद्धिदरमा मनसुन, ऊर्जाको समेत असर देखिने भएपनि २६ वर्षमा अर्थतन्त्रमा सबैभन्दा ठूलो प्रभाव राजनीतिले नै पारेको देखिन्छ ।
यस अवधिमा राजनीतिक स्थायित्व भएको वा हुने आशा गरेर निर्वाचन भएका वर्षमा उच्च आर्थिक वृद्धि भएको छ ।
निर्वाचनमा हुने खर्च र स्थायित्व हुने विश्वासमा निजी क्षेत्रले लगानी बढाउने हुँदा यी विषयमा बढी वृद्धि हुने गरेको विज्ञ बताउँछन् ।
‘अरु सबै ठीकठाक हुँदाहुँदै पनि वृद्धि हासिल नहुनुको कारण राजनीतिक कारण नै हो,’ पूर्वअर्थ सचिव रामेश्व्र खनालले भने, ‘निर्वाचन हुँदा स्थायित्व होला भन्ने अपेक्षाले बढी वृद्धि हुने देखिएको छ ।’
प्रजातन्त्र पुनःस्थापना भएकै आर्थिक वर्ष २०४७र४८ मा ६ दशमलब ३ प्रतिशत वृद्धि भएको थियो । हालसम्मकै सवैभन्दा बढी आर्थिक वृद्धि भने आर्थिक वर्ष २०५०र५१ मा हासिल भएको थियो । उक्त वर्ष ७ दशमलब ६ प्रतिशतको वृद्धि भएको थियो ।
मुलुकमा उदारीकरण सुरु गरेको श्रेय समेत जाने २०४८ मा निर्वाचित कांग्रेसको बहुमत सरकारको तेस्रो तथा अन्तिम वर्ष थियो । स्थिर सरकारसँगै उदारीकरणको प्रभावस्वरुप उक्त वृद्धि हासिल भएको थियो । (कान्तिपुर दैनिक)

प्रकाशित : ३० असार २०७३, बिहीबार ०३:४०