किसान बहुउद्देश्यीय सहकारीका सदस्यलाई काेभिड स्याहार खर्च´ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

किसान बहुउद्देश्यीय सहकारीका सदस्यलाई काेभिड स्याहार खर्च´



कैलाली । किसान बहुउद्देश्यीय सहकारी संस्थाले काेराेना संक्रमित सदस्यहरूलाईकाेभिड स्याहार खर्च´ प्रदान गर्ने भएकाे छ । संस्थाले काेराेना संक्रमित सदस्यहरूकाे स्वास्थ्य लाभकाे कामनासहित प्रतिसदस्य पाँच हजार रूपैयाँ `काेभिड स्याहार खर्च´ दिने भएकाे हाे ।

संस्थाका अनुसार २०७७ चैत १ गतेदिखि २०७८ साउन मसान्तसम्म काेभिड संक्रमित हुने सदस्यलाई स्याहार खर्च प्रदान गरिनेछ । स्याहार खर्च पाउनकाे लागि सदस्यले पिसिआर रिपोर्ट र एउटा निवेदन संस्थामा दिनुपर्ने हुन्छ ।
संस्थाले काेराेनाका कारण ज्यान गुमाएका सदस्यका परिवारलाई १० देखि २५ हजार रूपैयाँसम्म काजकिरिया खर्च समेत प्रदान गर्दै आएकाे छ ।

त्यस्तै संस्थाले दाेस्राे लहरकाे काेभिड संक्रमण बढेसँगै `अक्सिजन बैंक´ स्थापना गरि निःशुल्क अक्सिजनकाे आपूर्ति समेत गर्दै आएकाे छ ।

प्रकाशित : २१ जेष्ठ २०७८, शुक्रबार १४:१२