माछापुच्छ्रे बैंकले साउन ४ देखि बोनस सेयर वितरण गर्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

माछापुच्छ्रे बैंकले साउन ४ देखि बोनस सेयर वितरण गर्ने



काठमाडाै  । माछापुच्छ्रे बैंक लिमिटेडले साउन ४ देखि साउन १० सम्ममा बोनस सेयर वितरण गर्ने जनाएको छ । बैंकको सत्रौँ वार्षिक साधारण सभाको निर्णय अनुसार १६ प्रतिशतका दरले बोनस सेयर वितरण गर्न लागेको हो । डीम्याट खाता भएको शेयरधनीको खातामा बोनस सेयर सिधैं जम्मा हुने र डीम्याट खाता नभएका शेयरधनीहरुलाई माछापुच्छ्रे बैंक लिमिटेडको सेयर विभागमा प्रमाणपत्र लिन सकिने बैंकले जनाएको छ ।
साथै, उक्त बोनस सेयर डीम्याट खाता मार्फत अभौतिक रुपमा लिन चाहने शेयरधनीले साउन २ सम्मामा डीम्याट खाता खोली बैंकलाई जनकारी गराएमा बोनस सेयर सोही खातामा जम्मा गरिने बैंकले जनाएको छ ।

प्रकाशित : ३० असार २०७३, बिहीबार ०८:०२