मौद्रिकनीति सार्वजनिक हुदै, कस्ता नीतिहरु आउदैछन् ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

मौद्रिकनीति सार्वजनिक हुदै, कस्ता नीतिहरु आउदैछन् ?



काठमाडाै । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०७३/७४ को मौद्रिकनीति अवको केही समयपछि सार्वजनिक गर्दैछ । राष्ट्र बैंकको आज बसेको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो । उक्त मौद्रिक नीति राष्ट्र बैंकका गभर्नर चिरञ्जिवी नेपालले मौद्रिक नीतिको सार्वजनिक गर्नेछन् । नीति सार्वजनिक गर्ने कार्यक्रम होटल र्याडिसन लाजिम्पाटबाट हुनेछ ।

सामान्यत बजेट सार्वजनिक भएको १५ दिनमा उक्त नीति सार्वजनिक हुनुपर्ने हो । यसपटक उक्त नीति बजेट सार्वजनिक भएको ४५ दिनपछि आउदै गर्दा के कस्ता कार्यक्रमहरु छन ।

  • बैंकहरुले २०७४ असार मसान्तभित्र यस अघिको व्यवस्था बमोजिम पूँजी वृद्धि गर्नुपर्ने ।
  • व्याजदर करिडोरलाई कडाइका साथ लागु गरिने ।
  • यसअघिको कूल लगानीको १२ प्रतिशत कृषि र उर्जामा लगानी गर्ने वाध्यात्मक ब्यवस्थाको सीमालाई १७ प्रतिशत सम्म पुर्याउने ।
  • माइक्रो फाइनान्सहरुको पूँजी वृद्धि गर्ने ।
  • बैंक दरलाई यथावत् राख्दै तरलता व्यवस्थापन गर्न उचित नियम ल्याउने ।
  • उत्पादनमूलक क्षेत्रको लगानी बढाउन प्रत्साहन गर्ने ।

प्रकाशित : ३० असार २०७३, बिहीबार ०८:३२