नेप्सेले बढायो सेयर कारोबारको समय « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

नेप्सेले बढायो सेयर कारोबारको समय



NEPSE-Letterकाठमाण्डौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले कारोबारको समय आगामी आइतबार अर्थात श्रावण २ गतेदेखि लागु हुनेगरी तीन घण्टाबाट बढाएर चार घण्टा पुर्याएको छ । नेप्सले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दे आइतबार देखि विहान ११ बजे देखि दिउँसो तीन बजेसम्म नेपाल स्टक एक्सचेञ्ज सेयर कारोबारका लागि खुला हुने जनाएको छ । नेप्सेले कारोबार विनियावलि २०५५ को विनियम १८ (१) बमोजिम कारोबार समय बढाएको बताएको छ । यसअघि सार्वजनिक विदाका दिनहरुमा बाहेक नेप्से आइतबार देखि बिहीबार सम्म हप्तामा पाँच दिन दैनिक तीन घण्टा खुल्दै आएको थियो ।

प्रकाशित : १ श्रावण २०७३, शनिबार ०५:४९