नेप्से उच्च विन्दुमा ,१६ अर्ब ९५ करोड १३ लाख बराबरको कारोबार « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

प्रवास

नेप्से उच्च विन्दुमा ,१६ अर्ब ९५ करोड १३ लाख बराबरको कारोबार



काठमाडाैं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) उच्च विन्दुमा पुगेको छ । आज नेप्से दुई हजार नौ सय ६० दशमलब १४ विन्दुमा पुगेको छ ।

आज बजार ५३.४४ अंकले बढेको छ भने १६ अर्ब ९५ करोड १३ लाख बराबरको कारोबार भएको छ । आज कारोबार भएका समूहमध्ये ६ वटा समूह बाहेक अन्य समूह बढेका छन् भने अधिकांश कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि भएको छ ।

त्यस्तै, मेरो माइक्रोफाइनान्स वित्तिय संस्थाका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । यस सस्थाको शेयरमूल्य आज २.८५ प्रतिशतले घटेको छ । त्यसैगरि कारोबारको आधारमा आज सबैभन्दा बढी कारोबार नेपाल रि–इन्स्योरेन्स कम्पनी भएको छ । यसको एक अर्ब ६ करोड २३ लाख १२ हजारको कोरोबार भएको छ ।

प्रकाशित : २५ जेष्ठ २०७८, मंगलवार १५:१८