सहकारीकर्मीको आक्रोशः समस्यामा सहकारी संस्थालाई सहजीकरण गर्न नसक्ने नेता महोदयहरुको काम चै के ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

मुख्य समाचार

सहकारीकर्मीको आक्रोशः समस्यामा सहकारी संस्थालाई सहजीकरण गर्न नसक्ने नेता महोदयहरुको काम चै के ?



सहकारी संस्थाको कर्मचारी हु भनेर काड देखायो संस्था खोल्न हिडेको प्रमाण देखायो सहकारी त खोल्न दिने भनेकै छैन प्रशासनले भन्छ्न सुरक्षाकर्मीहरु , फेरि हामी भन्छौ बैंक तथा वित्तीय लाई खुल्न दिने भन्ने छ त ? उनीहरु भन्छ्न सहकारी वित्तीय नै हैन , र फेरि भन्छन सवारीसाधन छोड्नुस बेलुकी 7 बजे आएर लानुस , अँध्यारो मुख लगायो टन्टलापुर घाममा हिड्दै संस्था पुग्यो !

मेरो प्रश्न – जिल्ला सहकारी संघ , सहकारी माहसंघ लगायत सम्पूर्ण सहकारी नेता महोदयहरुलाई
१, सहकारी वित्तीयमा पर्छ कि पर्दैन ?
२, पर्दैन भने अत्ति आवश्यकमा पर्छ यो खोल्नु पर्छ भनेर प्रशासन सँग किन समन्वय नगरेको ?
३ , सदस्यको बचत चाहियो भनेर फोन आउदा हामीले सदस्यलाई के जवाफ दिने ?
४ , प्रत्येक दिन चोर बाटो खोज्दै संस्था जाने कि चोकमा सुरक्षाकर्मीसग विवाद गरेर घाममा हिड्ने ?

५ , संस्थाका कर्मचारीहरु तातो घाममा उभिएर बस्याछन , महोदयहरुले सहजीकरण गर्नु पर्ने हैन , महोदय हरुलाइ त प्रशासनले पास को ब्याबस्था गरेको होला , कर्मचारीको अबस्था के ?
६ , यस्ता सामन्य कुरामा समेत संस्था र कर्मचारीलाई सहजीकरण गर्न सकिदैन भने महोदयहरुको काम चै के ?
नोट – आशा छ महोदय हरुले आजै सहजीकरण गर्नु हुनेछ , भोलिबाट म जस्ता हजारौं कर्मचारीले चोकमा सवारी साधन राखेर यो टन्टलापुर घाममा घन्टौ हिड्नु पर्नेछैन । शिलवालको फेसबुकबाट

प्रकाशित : २६ जेष्ठ २०७८, बुधबार १०:२५