सामाजिक सुरक्षा कोषमा आवद्ध हुन जबरजस्ती नगर्न बैंकर्स संघको आग्रह « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

प्रवास

सामाजिक सुरक्षा कोषमा आवद्ध हुन जबरजस्ती नगर्न बैंकर्स संघको आग्रह



काठमाडौं । नेपाल बैंकर्स संघले सामाजिक सुरक्षा कोषमा आवद्ध हुन जबरजस्ती नगर्न आग्रह गरेको छ । संघले कोषलाई पत्र लेख्दै कर्मचारीलाई मन लागेमा कोषमा आवद्ध हुन सक्ने व्यवस्था गर्न आग्रह गरेको हो ।

संघले लेखेको पत्रमा भनिएको छ, “कोषमा आवद्ध हुन चाहने कर्मचारीलाई मात्र त्यहाँ आवद्ध हुने व्यवस्थाका लागि अनुरोध छ ।”

संघले हालको अवकास कोषहरूमा आवद्ध हुन चाहने कर्मचारीहरूलाई त्यतै लाग्न दिन बाटो खुला गर्न भनेको छ ।

एउटै बैंकका कर्मचारीहरू दुईवटा कोषहरूमा आवद्ध हुँदा बैंकको काम बढ्ने भएता पनि कर्मचारीको सन्तुष्टिका लागि बैंकहरू थप व्ययभार लिन तयार भएको पनि संघले भनेको छ ।

पछिल्लो समय कोषले २ बैंकहरूलाई सम्बन्धित बैंकसँग छलफलै नगरी उजुरीमा एकतर्फी आदेश दिएको थियो । संघले यस विषयमा कोषका अधिकारीहरूले मिडियामा प्रचारात्मक रुपले अभिव्यक्ति दिएको भन्दै असन्तुष्टि समेत व्यक्त गरेको छ ।

प्रकाशित : २६ जेष्ठ २०७८, बुधबार १९:१८