प्रदेश नम्बर २ मा मन्त्रिपरिषद विस्तार,माओवादी केन्द्र रुष्ट « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बीमा

प्रदेश नम्बर २ मा मन्त्रिपरिषद विस्तार,माओवादी केन्द्र रुष्ट



जनकपुर । प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले मन्त्रिपरिषद विस्तार गरेका छन् । उनले नेपाली कांग्रेसका ३ जना मन्त्री थप गर्दै मन्त्रिपरिषद विस्तार गरेका हुन् । नवनियुक्त मन्त्रीहरुले प्रदेश प्रमुख राजेश अहिराजसमक्ष पद तथा गोपनियताको शपथ लिएका छन् ।

प्रदेश प्रमुख अहिराजले नवनियुक्त मन्त्रीहरुलाई ईश्वरको नाममा सपथ खुवाउदा उनीहरुले जनताको नाममा शपथ लिएका थिए । मुख्यमन्त्री राउत र काँग्रेस संसदीय दलका नेता रामसरोज यादवबीच भएको सहमति अनुसार कांग्रेका तीन जना मन्त्री सरकारमा सहभागी भएका हुन् ।

कांग्रेसबाट यादवको नेतृत्वमा, ओमप्रकाश शर्मा र वीरेन्द्र सिंह मन्त्री बनेका छन् ।

कांग्रेस संसदीय दलका नेता समेत रहेका यादव भौतिक पूर्वाधार तथा यातायात मन्त्री बनेका छन् । यसैगरी शर्माले खानेपानी तथा सिँचाई र सिंहले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

जसपाका उपेन्द्र यादव र राउत पक्षले सरकारबाट ठाकुर–महतो पक्षका चार मन्त्री पदमुक्त गरेपछि कांग्रेसलाई सरकारमा सहभागी गराइएको हो । माओवादी केन्द्र भने भागबण्डा नमिलेपछि सरकारमा सहभागी भएन । माओवादीले २ मन्त्रालय मागेकोमा जसपाले अन्तिम समयमा १ मन्त्रालय मात्रै दिन सकिने बताएपछि रुष्ट भएको हो ।

प्रकाशित : २६ जेष्ठ २०७८, बुधबार २२:२५