प्रदेश १ को नीति तथा कार्यक्रमः सहकारी र निजी क्षेत्रको सहकार्यमा जोड « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

प्रदेश १ को नीति तथा कार्यक्रमः सहकारी र निजी क्षेत्रको सहकार्यमा जोड



विराटनगर । प्रदेश १ को नीति तथा कार्यक्रमले विषरहित चुलोदेखि खुवालुङको संरक्षणसम्मको विषयलाई समेटेको छ । बिहीबार प्रदेश १ को प्रदेशसभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले प्रदेश सरकारले आगामी आर्थिक वर्षमा गरिने नीति तथा कार्यक्रमलाई प्राथमिकतामा राखेका हुन् ।

नीति तथा कार्यक्रममा सहकारी र निजी क्षेत्रको सहकार्यमा खाद्यान्नको बिउ उत्पादन एवम् प्रशोधन फलफूल उत्पादनका लागि पूर्वाधार निर्माण गरी बिउ तथा बेर्ना आपूर्ति प्रवर्द्धन गरिने उल्लेख छ ।

पशुको उन्नत नश्नलको सेवा तथा कृत्रिम गर्भधारण तथा क्षमता विकासमा निजी क्षेत्र र सहकारीलाई सहयोग गरिने नीति तथा कार्यक्रममा राखिएको छ । सहकारी शिक्षा, सुशासन तथा नियमनको कार्यक्रम सञ्चालन गरिने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

प्रकाशित : २७ जेष्ठ २०७८, बिहीबार १९:४४