सिभिल बैंककाे प्रमुख कार्यकारी अधिकृतमा सुनिल पाेखरेल नियुक्त « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

सिभिल बैंककाे प्रमुख कार्यकारी अधिकृतमा सुनिल पाेखरेल नियुक्त



काठमाडाैं । सिभिल बैंककाे प्रमुख कार्यकारी अधिकृतमा सुनिल पाेखरेल नियुक्त भएका छन ।

बैंक संचालक समितिकाे जेठ २७ गते आज बसेकाे ३४५ औं संचालक समितिकाे बैठकले पाेखरेललाई ४ वर्षकाे लागी सीइओमा नियुक्त गरेकाे हो ।

२ जेठ २०७६ मा सिभिल बैंककाे डेपुटी सीइओमा नियुक्त भएका पाेखरेल सीइओमा नियुक्त भएका हुन । गत बैसाख १८ गते बैंककाे सीइओ गाेविन्द गुरूङले राजिनामा दिएर म्यानमारकाे सिटिजन्स बैंककाेमा गएपछि बैकले पाेखरेललाई आगामि असार १८ गतेबाट लागु हुनेगरी सीइओमा नियुक्त गरेकाे हाे ।

पाेखरेलले एनआईसि, नविल स्टाण्डर्ड चाटर्ड बैंक हुँदै म्यानमारकाे एसियन ग्रिन डेभलपमेन्ट बैंकमा गरी ३० वर्ष काम गरिसकेका छन ।

प्रकाशित : २७ जेष्ठ २०७८, बिहीबार २२:०४