आईफोन ७ मा के हुन्छ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

आईफोन ७ मा के हुन्छ?



iphone-7-24781714आउँदो सेम्टेम्बरमा एप्पलको बहुप्रतिक्षित फोन आईफोन ७ र आईफोन ७ प्लस बजार आउँदैछ। निकै व्यग्रताकासाथ प्रतिक्षा गरिएको यी फोनमा हुन सक्ने फिचरका बारेमा पनि बजारमा अनेक चर्चा र अडकलबाजी चलिरहेको छ ।

के कस्ता फिचर सहित आईफोन ७ आऊला ? यसका बारेमा केही जो कोही जान्न चाहन्छ। यहाँ आईफोन ७ मा हुनसक्ने सम्भावित फिचरका विषयमा चर्चा गरिएको छ।

सेम्टेम्बरमा एप्पलले आईफोन ७ र अलि ठुलो आकार र क्षमताको आईफोन ७ प्लस एकसाथ बजारमा उतार्ने सम्भावना छ।

आईफोन ७ मा ४.७ इन्चरको स्क्रिनमा सहित ३डी डिस्प्ले हुनेछ भने आईफोन ७ प्लसको स्क्रिन ५.५ इन्च हुनेछ। तर दुबै फोनमा रिसोलुसन भने थपिने सम्भावना छ।

आईफोन ७ मा एप्पल ए१० प्रोसेसर र २ जिबीको र्याम हुनेछ। आईफोन ७ प्लसमा भने ४ जिबी सम्मको र्याम र प्रोसेसर उही तर क्लक स्पिड बढि राखिने चर्चा छ।

यसै गरि अबदेखी १६ जिबीको इन्टरनल स्टोरेजलाई बढाएर न्युनत ३२ जिबी पुर्याइने र २५६ जिबी क्षमता सम्मको इन्टरनल स्टोरेज क्षमताका आईफोन समेत उपलब्ध हुने बजारमा अडकल काटिएको छ।

यसैगरि आईफोन ७ मा १२एमपीको रियर क्यामेरा र ५एमपीको फ्रन्ट क्यामेरा हुने संभावना छ। आईफोन ७ प्लसमा भने थप शक्तिशाली क्यामेरा समावेश हुनेछ जसमा १६एमपीको रियर क्यामेरा र ८ एमपीको फ्रन्ट क्यामेरा हुने चर्चा छ।

आईफोन ७ मा लेटेस्ट आईओस १० हुनेछ । इन्टेलिजेन्ट सजेसन दिन सक्ने समार्टर भर्चुअल किवोर्ड समावेश हुनेछ। नयाँ आईओसमा फोटोमा एपमा पनि धेरै सुधार हुनेछ।

एप्पलले आईफोन ७ मा धेरै क्षमताका ब्याट्री राख्ने बताइएको छ। आईफोन ७ मा ३ हजार एमएएच र आईफोन ७ प्लसमा ४ हजार एमएएच क्षमताका ब्याट्री राखिनेछ।

आईफोन ७ मा तीब्र गतिमा हुने चार्ज (फास्ट चार्जिङ) टेक्नोलिजी आउने सम्भावन पनि रहेको बताइन्छ। एन्ड्रोइड फोनमा पहिले आइसकेको वाटर रेसिस्टेन्ट फिचर पनि आईफोन ७ मा आउने सम्भावाना छ।

प्रकाशित : १ श्रावण २०७३, शनिबार १२:१९