६ हजार २९५ जना कोरोना संक्रमणमुक्त « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

बीमा

६ हजार २९५ जना कोरोना संक्रमणमुक्त



काठमाडाैं । पछिल्लो २४ घण्टामा ६ हजार २९५ जना कोरोना संक्रमणमुक्त भएका छन् । यस्तै देशभर थप ३ हजार ३८४ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

८ हजार ५०६ नमुनाको पीसीआर परीक्षण गर्दा २ हजार ३८२ र ५ हजार ९८८ जनाको एन्टिजेन परीक्षण गर्दा १ हजार २ जना गरी कुल १४ हजार ४९४ नमुना परीक्षणमा ३ हजार ३८४ जनामा कोरोना संक्रमण देखिएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना संक्रमणबाट थप ६१ जनाको मृत्यु भएको छ । नेपालमा कोरोना संक्रमितको कुल संख्या ६ लाख ६ हजार ७७८ पुगेको छ । जसमध्ये ८ हजार ३६६ जनाको मृत्यु भएको छ भने हालसम्म ५ लाख २७ हजार १११ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

प्रकाशित : २९ जेष्ठ २०७८, शनिबार १७:५४