मौद्रिक नीतिलाई सिएनआईको स्वागत « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

मौद्रिक नीतिलाई सिएनआईको स्वागत



522-1467704016CNIकाठमाडाैै । राष्ट्र बैंकले गत विहिबार सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०७३/७४ को मौद्रिक नीतिलाई नेपाल उद्योग परिसंघ (सिएनआई) ले स्वागत गरेको छ ।

ब्जेट मार्फत सरकारले ६.५ प्रतिशतको आर्थिक वृद्धि हाँसिल गर्ने र मुद्रास्फ्रीताीलाई ७.५को सीमाभित्र राख्ने लक्ष्य लिएको थियो । सोही लक्ष्य प्रभावकारी बनाउन मौद्रिक तथा तरलता व्यवस्थापनमार्फत विस्तृत मुद्रा प्रदायको वृद्धिलाई १७ प्रतिशतमा सिमित गर्ने उदेश्य मौद्रिक नीतिले लिएको छ ।

मैद्रिक नीति सार्वजनिक गर्नुअघि व्यवसायीको तर्फबाट दिइएका सुझाब समेटिएकोमा परिसंघले खुसी व्यक्त गरेको छ ।
मौद्रिक नीतिमा अनिवार्य सहवित्तीकरण गर्नुपर्ने कर्जा सीमा ५० करोडबाट बढाएर १ अर्ब पुर्याउने, ड्राफ्ट, टिटिमार्फत तेस्रो मुलुकबाट आयात गर्न पाउने, रकमको सीमा ४० हजारबाट ५० हजार पुर्याउने लगायतका राम्रा कुराहरु मौद्रिक नीतिमा समेटिएको कारण परिसंघले मौद्रिक नीतिको स्वागत गरेको हो ।

प्रकाशित : २ श्रावण २०७३, आईतवार ०२:२१