वाणिज्य बैंकहरूले कमाए ५५ अर्ब ७९ करोड नाफा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

वाणिज्य बैंकहरूले कमाए ५५ अर्ब ७९ करोड नाफा



काठमाडौं । कोभिड प्रभावित वर्षमा अधिकांश क्षेत्र ठप्प रहे पनि चालू आर्थिक वर्ष (आव) को १० महीनासम्ममा बैंकहरू निरन्तर कमाइ गर्न सफल भएका छन् ।
यसैबीच, सञ्चालनमा रहेका २७ ओटा वाणिज्य बैंकले अपेक्षा गरेअनुसारको कमाउन नसके पनि वैशाखसम्ममा भने ५५ अर्ब ७९ करोड २८ लाख बराबर खुद नाफा गर्न सफल भएका छन् । चालू आवको तेस्रो त्रैमास अर्थात् चैतसम्ममा बैंकहरूको यस्तो नाफा ५० अर्ब ७४ करोड गरेका थिए ।

यो एक महीनाको अन्तरमा सबैभन्दा बढि नबिल बैंकले काएको छ । बैंकले यो एक महिनामा थप ३८ करोड १० लाख रुपैयाँ हाराहारीमा खुद नाफा गर्न सफल भएको छ । गत ९ महीना (चैत) मसान्त सम्ममा सो बैंकले ३ अर्ब ६७ करोड रुपैयाँ खुद नाफा कमाएको थियो । बैशाख अन्तिम सम्ममा बैंकको मुनाफा ४ अर्ब ५ करोड रुपैयाँ पुगेको छ ।

अझ सरकारले गत वैशाख १६ गतेदेखि निषेधाज्ञा गरेको थियो । यसपछिको करीब १५ दिन समग्र अर्थतन्त्र प्रभावित हुन पुग्यो । यसअवस्थामा पनि वैशाख महीनामा मात्रै वाणिज्य बैंकहरूले ५ अर्ब ५ करोड २८ लाख हाराहारीमा नाफा कमाएका छन् ।

तर, यसअघिको महीनामा भने बैंकहरूको मासिक नाफा वृद्धि करीब ५ अर्ब ६३ करोड ७७ लाख रुपैयाँको हाराहारीमा हुने गरेको थियो । यसअघिका महीनाको तुलनामा वैशाखमा ५८ करोड ४९ रुपैयाँले नाफा संकुचन भएको छ ।

कोभिड–१९ को चुनौती हुँदाहुँदै पनि अपेक्षाअनुसारको नाफा गर्न नसके पनि यत्तिको नाफालाई बैंकहरूले सन्तोषजनक रूपमै लिएका छन् निषेधाज्ञाको प्रभाव अन्य क्षेत्रमा जस्तो धेरै नपरेपनि केही मात्रामा बैंकको नाफामा परेको बैंकरहरू बताउँछन् ।

आर्थिक अभियानमा समाचार छ ।

प्रकाशित : ३० जेष्ठ २०७८, आईतवार १२:३३