अाजबाट नेप्से चार घण्टा खुल्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

अाजबाट नेप्से चार घण्टा खुल्ने



काठमाडाै। नेपाल स्टक एक्सचेञ्जले कारोबारको समयअवधि थप गरेको छ । नेप्सेले आज आइतबार देखि लागु हुनेगरी कारोबार समय दैनिक एक घण्टा बढाएर चार घण्टा पुर्याएको हो ।

NEPSE-Letter

यसअघि सार्वजनिक विदाका दिनहरुमा बाहेक नेप्सेमा आइतबार देखि विहिबार सम्म हप्तामा पाँच दिन दैनिक मध्यान्ह १२ देखि ३ बजेसम्म ३ घण्टा कारोबार हुँदै आएको थियो । अबदेखि नेपाल स्टक एक्सचेञ्ज आइतबार देखि विहान ११ बजे देखि दिउँसो तीन बजेसम्म शेयर कारोबारका लागि खुला हुने नेप्सेले जनाएको छ ।

सिडिएस एण्ड क्लियरिङ पूर्ण रुपमा संचालनमा आएसँगै लगानीकर्ताको माग बमोजिम कारोबार समय थप गरिएको नेप्सेले जनाएको छ ।

प्रकाशित : २ श्रावण २०७३, आईतवार ०२:२४