बीमा समितिले भन्यो- संस्थागत अभिकर्तालाई लाइसेन्स दिने कदमबाट हामी पछि हट्दैनाै, बरु वार्तामा आउ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

बीमा समितिले भन्यो- संस्थागत अभिकर्तालाई लाइसेन्स दिने कदमबाट हामी पछि हट्दैनाै, बरु वार्तामा आउ



काठमाडाै । बीमा समितिले संस्थागत अभिकर्तालाई लाइसेन्स दिने आफ्नो कदमबाट पछि नहट्ने बताएको छ । बीमा समितिले बीमा अभिकर्ताहरूलाई आफ्ना असन्तुष्टि वार्ताको टेबुलमा आएर राख्न आग्रह गरेको छ ।

आइतबार विज्ञप्ति जारी गर्दै बीमा समितिले बीमाको पहुँच विस्तार गर्न तथा बीमा अभिकर्ताको पेशागत क्षमता विस्तार गर्न आफ्नो निर्णय आवश्यक रहेको बताएको छ। संस्थागत अभिकर्तालाई लाइसेन्स दिने निर्णय उपयुक्त रहेको समितिका कार्यकारी निर्देशक एवं प्रवक्ता राजु रमण पौडेलद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

अभिकर्ताहरूले बीमा कम्पनीबाट लिएको कर्जा चाँडै चुक्ता गराउन समितिले पहल गरेसँगै अभिकर्ताहरूबाट आन्दोलनको चेतावनी आउन थालेपछि समितिले यस्तो सुझाव दिएको हो ।

समिति माथि लागेका लाञ्छनाबारे समितिद्वारा जारी विज्ञप्तिमा लेखिएको छ – ‘जीवन बीमक सङ्घ तथा बीमा कम्पनीहरुसँग विभिन्न समयमा पटक पटक भएका छलफलमा आगामी असार मसान्तभित्र सबै कर्जाहरू फर्छ्यौट गर्न अप्ठेरो हुने अनुरोध भई आएकाले कम्पनीहरूबाट प्रवाह भएका नगद कर्जाहरूमध्ये कुन कर्जा कति समय अवधिमा फर्छ्यौट गर्ने हो त्यसका लागि आवश्यक व्यवस्था मिलाउन बीमा कम्पनीहरूलाई निर्देशन भइसकेको समेत जानकारी गराउँदछु । तसर्थ, यस विषयलाई लिएर अनावश्यक लाञ्छना लगाउने कार्य नगर्न नगराउन अनुरोध छ ।’

प्रकाशित : ३० जेष्ठ २०७८, आईतवार २१:४६