लगानीकर्तालाई नेप्सेको सुझाव किर्तिमानी बजारमा अब यी कुरा ध्यान दिएर मात्र लगानी गर्नु « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

प्रवास

लगानीकर्तालाई नेप्सेको सुझाव किर्तिमानी बजारमा अब यी कुरा ध्यान दिएर मात्र लगानी गर्नु



काठमाडौं । नेपाल स्टक एकस्चेन्ज(नेप्सनेपालको नेप्से)ले धितोपत्रको दोस्रो बजारमा नयाँ किर्तिमानी कायम भएको जनाएको छ । सोमबार एक विज्ञप्ति जारी गर्दै लगानीकर्ताहरुलाई प्राविधिक विश्लेषण गरेर मात्र लगानी गर्न सुझाव दिएको छ ।

परिसुचक र कारोबार रकमले हालसम्मका सबै रेकर्डहरु ब्रेक गर्दे सर्वाधिक उच्च बिन्दुमा पुगेको नेप्सेको भनाइ छ । नेप्सेले एक विज्ञप्ति जारी गर्दै आइतबार १ लाख ८२ हजार ४३० कारोबारमा १९ अर्ब ५५ करोड १ लाख ६० हजार रुपैयाँ बराबरको ३ करोड ७० लाख ७६ हजार ४३९ कित्ता सेयर कारोबार भएको र नेप्से परिसुचक २९८३.११ को बिन्दुमा पुग्दा कारोबार रकम, कारोबार संख्या र बजार परिसूचकका आधारमा धितोपत्रको दोस्रो बजारमा नयाँ किर्तिमानी कायम भएको जनाएको हो ।

बजार २०७६ कार्तिक २० गतेबाट पुर्ण स्वचालित अनलाईन कारोबार प्रणाली सञ्चालनमा आएपछि दोस्रो बजारका प्रमुख सूचकहरुमा क्रमिक सुधार आएको नेप्सेले जनाएको छ । नेप्सेका अनुसार हालसम्म ७ लाखभन्दा बढी लगानीकर्ताहरुले टिएमसको युजरनेम र पासवर्ड लिइसकेका छन् ।

नेप्सेले लगानीकर्ताहरुले कारोबार गर्दा सेयर मूल्यमा प्रभाव पार्न सक्ने धेरै भन्दा धेरै सूचनाहरु संकलन तथा विश्लेषण गर्नुपर्ने भन्दै खासगरी आँफुले लगानी गर्न चाहेको कम्पनीको व्यवसाय, सञ्चालन तथा व्यवस्थापकीय पक्ष,व्यवसायको आकार तथा वृद्धिको सम्भावना, नाफा नोक्सानको स्थिति लगायतका आधारभुत पक्ष र कम्पनीको दोस्रो बजारमा कारोबार हुँदा कायम कम्पनीको मूल्य लगायतको प्राविधिक विश्लेषण गरेर मात्र लगानी गर्नुपर्ने आग्रह गरेको छ ।

नेप्सेका प्रवक्ता मुराहरी पराजुलीद्धारा जारी विज्ञप्तिमा लेखिएको छ’ “दोस्रो बजार कारोबारमा सहभागी हुँदा लगानीकर्ताले आफुले कारोबार गर्न खोजेको कम्पनीको व्यवसाय, सञ्चालन तथा व्यवस्थापकीय पक्ष, व्यवसायको आकार तथा वृद्धिको सम्भावना, नाफा नोक्सानको स्थिति लगायतका आधारभुत पक्षको विश्लेषण गर्नुपर्छ । यसैगरी आफुले खरिद वा बिक्री गर्न चाहेको कम्पनीको सेयर विगतमा कारोबार हुँदा कायम भएको मूल्य लगायतको प्राविधिक विश्लेषण गर्नुपर्ने हुन्छ । यस किसिमको आधारभुत तथा प्राविधिक विश्लेषणले लगानीकर्ताको लाभ बढाउन र नोक्सानी कम गर्न मद्दत गर्ने व्यहोरा नेप्से स्मरण गराउन चाहन्छ ।”

प्रकाशित : ३१ जेष्ठ २०७८, सोमबार १२:२०